त्रिशूलीमा कन्टेनर खस्दा एक बेपत्ता « Khabarhub

त्रिशूलीमा कन्टेनर खस्दा एक बेपत्ता


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा आज भएको दुर्घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । कारमा सवार सबै सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा वीरगञ्जका ३६ वर्षीय कम्लेश साह रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा २१ च ११३३ नं को कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३९३९ नं को खाली कन्टेनरले ठक्कर दिँदा कन्टेनर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । कन्टेनर सडकबाट करिब ८० मिटर तल त्रिशूलीमा खसेको छ । कन्टेनरको अगाडिको भाग पानीमा डुबेको छ भने अरु पानीबाहिर रहेको प्रहरीले जनाएको छ ।

घटनामा परी गम्भीर घाइते भएका सहचालक वीरगञ्जका २० वर्षीय अजय साहको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ । बेपत्ता चालक साहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । कन्टेनरसँग ठक्कँर खाने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : १० बजे

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

हाइकोउ– दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ

फूल बेचेरै तिहार खर्चको जोहो

राँझा- बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका

एसिया कपमा नेपालको दोस्रो हार : यूएईसँग सात विकेटले पराजित

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा

डिडिसीको बिक्री कक्ष भरतपुरमा

चितवन– भरतपुरको विशाल चोकमा  दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष

दरबारमार्गको लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको