फिफा वर्ष खेलाडीमा रोनाल्डो, मेस्सीदेखि एम्बाप्पे मनोनित हुँदा नेयमार अटाएनन् « Khabarhub

फिफा वर्ष खेलाडीमा रोनाल्डो, मेस्सीदेखि एम्बाप्पे मनोनित हुँदा नेयमार अटाएनन्


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाै‌ – विश्व फुटबलको नियामक निकाय फिफाले वर्ष उत्कृष्ट पुरुष खेलाडीमा १० जना खेलाडी मनोनित गरेको छ । बुधबार सार्वजनिक गरेकाे मनोनयनमा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सीसहित १० जना खेलाडी मनोनयनमा परेका छन्।

मनोनयनमा परेका खेलाडीमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, मोहम्मद सलाह, किलियन एम्बाप्पे, भिर्जील भान्डाइक र सदियो माने रहेका छन् ।

यस्तै, इडन हर्जाड, ह्यारि केन, माथिस डिलिग्ट र फ्रान्की डि जोङ छन् । अघिल्लो वर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता खेलाडी लुका मोडरिच भने यो वर्षको उत्कृष्ट १० खेलाडीकाे मनोनयनमा परेनन् । यस्तै, युवा स्टार खेलाडी नेयमार पनि मनोनयनमा परेका छैनन् ।

फिफाले सन् २०१८ जुलाई १६ देखि २०१९ जुलाई १९ सम्म खेलाडीले पाएको सफलताका आधारमा फिफा वर्ष खेलाडीमा मनोनित गर्ने गरेको छ ।

राष्ट्रिय टोलीका कप्तान, राष्ट्रिय टाेलीका प्रशिक्षक, भोटिङको लागि छनोट भएका पत्रकार तथा फ्यानहरुले मनोनित खेलाडीलाई भोटिङ गर्न पाउने छन् ।

मनोनित खेलाडीलाई एक जनाले तीन भोट गर्न पाउनेछन् । जसमा आफ्नो पहिलो रोजाइको खेलाडीलाई ५ अंक दिनसक्ने छ भने दोस्रो र तेस्रोलाई क्रमश : ३ र १ अंक दिन पाउने प्रावधान फिफाले बनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : १७ बजे

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं- संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का