तालिबानसँगको शान्ति वार्तालाई निरन्तरता दिने खालिदजादको भनाइ « Khabarhub

तालिबानसँगको शान्ति वार्तालाई निरन्तरता दिने खालिदजादको भनाइ


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानसँगको वार्तालाई चाँडै निरन्तरता दिइने अफगानिस्तानका लागि अमेरिकी प्रतिनिधी जाल्मे खालिदजादले जनाएका छन् ।

गतवर्षबाट अफगानिस्तानका लागि विशेष प्रतिनिधिको जिम्मेवारी सम्हालेका खालिदजादले तालिबानसँग हालसम्म ८ चरणको वार्ता गरिसकेका छन् । यसै महिना अफगानिस्तानको राजधानी काबुल पुगेका उनले अफगान सरकार, अफगानिस्ताको नागरिक समाजका अभियानकर्मी तथा अन्य सरोकारवालाहरुसँग तालिबानसँगको शान्ति प्रक्रियाबारे छलफल गरेका छन् । उनी चाँडै काबुलबाट पाकिस्तान हुँदै कतारको राजधानी दोहा पुग्ने कार्यक्रम छ ।

अमेरिकाले चाँडै अफगानिस्तानबाट सेना फिर्ता गर्ने र तालिबानले अफगान सरकारसमक्ष सुरक्षाको ग्यारेन्टी गर्नेगरी सम्झौता हुनसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता तालिबानले भने अमेरिकासँग वार्ता गर्ने विषय भने अनिश्चित रहेको जनाएको छ । आफ्ना केही प्रतिनिधि इण्डोनेशियाको राजधानी जकार्ता जान लागेको र त्यहाँ इस्लामिक धार्मिक नेता तथा धर्मगुरुसँग छलफल गरेपछि निर्णय गरिने तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले जनाएका छन् ।
हालै तालिबानले पाकिस्तानी तथा इण्डोनेशियाली धार्मिक नेताहरुसँग छलफल गरेको जनाइएको छ ।

१८ वर्षयता जारी द्वन्द्वका क्रममा अफगानिस्तानमा तालिबानले पछिल्लो समय हालसम्मकै सबैभन्दा ठूलो भूभागमा कब्जा जमाइसकेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : ३० बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला