सार्वजनिक यात्रा गर्दा पैसा नलाग्ने देश कुन कुन ? « Khabarhub

सार्वजनिक यात्रा गर्दा पैसा नलाग्ने देश कुन कुन ?


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यात्रा गर्न कसलाई मन नर्पला र ? नयाँ नयाँ ठाउ घुम्ने अनुभव संगाल्ने यो भन्दा अर्को कुनै उत्तम विकल्प छैन । तर यात्रा भन्ने वित्तिकै हामी यसलाई निकै खर्चिलो मान्दछौ । नेपालमा हवाईयात्रा तथा केवलकार यात्राको भाडादर उच्च छ । साथै सडकयात्रा र सीमित रहेको जलयात्रा समेत खर्चिलो मानिन्छ । तर विश्वका केहि यस्ता देश र शहर छन् जहाँ, सार्वजनिक यात्रा निशुल्क हुने गर्दछ ।

लग्जमबर्ग
जर्मनी, बेल्जियम र फ्रान्स जस्ता देशबाट घेरिएको लग्जमबर्ग विश्वको पहिलो यस्तो देश बन्नेवाला छ, जहा सार्वजनिक यातायात सबैका लागि निःशुल्क हुनेछ । सन् २०२० को मार्चबाट लग्जमबर्गमा निशुल्क यात्रा लागू हुने भएको हो । यूरोपको सबैभन्दा सानो देश लग्जमबर्गमा अत्यधिक जाम हुने गरेको छ ।

एस्टोनियाको राजधानी टालिन
बाल्टिक समुन्द्र र फिनल्याण्डको खाडी क्षेत्रत्रको बोडरमा अवस्थित एस्टोनियाको राजधानी टालिनमा सन् २०१३ बाटै सार्वजनिक यात्रा निशुल्क छ । निशुल्क यात्राका लागि टालिन बासिन्दाले मतदान समेत गरेका थिए । जसमा ७५ प्रतिशत मानिसले निशुल्क यात्राका पक्षमा मतदान गरेका थिए । निशुल्क यात्राले सवारी जामको समस्या हटेपछि अब एस्टोनिया भरी निशुल्क यात्रा लागु गर्ने योजना बनाइएको छ ।

बेल्जियमको हस्सेल्ट
बेल्जियमको लिम्बर्ग प्रान्तको राजधानी हस्सेल्टमा सार्वजनिक यात्रामा लागु गर्ने भन्दै सन् १९९७ मा भाडा प्रकृया हटाइएको थियो । तर लिम्बर्ग प्रान्तको यस कदमले सन् २००६ सम्म पनि सवारी साधनको संख्या वृद्धि हुन रोकिएन जसका कारण १९ बर्षपछि यस योजनालाई खारेज गरीएको थियो । तर १९ बर्ष भन्दा कम उमेरका किशोरका लागि भने अझै पनि यात्रा निशुल्क छ ।

जर्मनी
जर्मन सरकारले चाडैं प्रदूषित हुने शहरमा सार्वजनिक यातायातमा निशुल्क बनाउने योजना बनाएको छ । जर्मनीमा हुने सडक जामको समस्या न्युनिकरणका लागि सरकारले सार्वजनिक यातायातलाई निशुल्क बनाउन लागिएको हो । यदि यो योजना लागु भएमा बन, एसेन, राटलिंगन, मैनहेम र हेरनबर्गमा निशुल्क यात्रा लागु हुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १० : ४० बजे

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस