सार्वजनिक यात्रा गर्दा पैसा नलाग्ने देश कुन कुन ? | Khabarhub Khabarhub

सार्वजनिक यात्रा गर्दा पैसा नलाग्ने देश कुन कुन ?


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यात्रा गर्न कसलाई मन नर्पला र ? नयाँ नयाँ ठाउ घुम्ने अनुभव संगाल्ने यो भन्दा अर्को कुनै उत्तम विकल्प छैन । तर यात्रा भन्ने वित्तिकै हामी यसलाई निकै खर्चिलो मान्दछौ । नेपालमा हवाईयात्रा तथा केवलकार यात्राको भाडादर उच्च छ । साथै सडकयात्रा र सीमित रहेको जलयात्रा समेत खर्चिलो मानिन्छ । तर विश्वका केहि यस्ता देश र शहर छन् जहाँ, सार्वजनिक यात्रा निशुल्क हुने गर्दछ ।

लग्जमबर्ग
जर्मनी, बेल्जियम र फ्रान्स जस्ता देशबाट घेरिएको लग्जमबर्ग विश्वको पहिलो यस्तो देश बन्नेवाला छ, जहा सार्वजनिक यातायात सबैका लागि निःशुल्क हुनेछ । सन् २०२० को मार्चबाट लग्जमबर्गमा निशुल्क यात्रा लागू हुने भएको हो । यूरोपको सबैभन्दा सानो देश लग्जमबर्गमा अत्यधिक जाम हुने गरेको छ ।

एस्टोनियाको राजधानी टालिन
बाल्टिक समुन्द्र र फिनल्याण्डको खाडी क्षेत्रत्रको बोडरमा अवस्थित एस्टोनियाको राजधानी टालिनमा सन् २०१३ बाटै सार्वजनिक यात्रा निशुल्क छ । निशुल्क यात्राका लागि टालिन बासिन्दाले मतदान समेत गरेका थिए । जसमा ७५ प्रतिशत मानिसले निशुल्क यात्राका पक्षमा मतदान गरेका थिए । निशुल्क यात्राले सवारी जामको समस्या हटेपछि अब एस्टोनिया भरी निशुल्क यात्रा लागु गर्ने योजना बनाइएको छ ।

बेल्जियमको हस्सेल्ट
बेल्जियमको लिम्बर्ग प्रान्तको राजधानी हस्सेल्टमा सार्वजनिक यात्रामा लागु गर्ने भन्दै सन् १९९७ मा भाडा प्रकृया हटाइएको थियो । तर लिम्बर्ग प्रान्तको यस कदमले सन् २००६ सम्म पनि सवारी साधनको संख्या वृद्धि हुन रोकिएन जसका कारण १९ बर्षपछि यस योजनालाई खारेज गरीएको थियो । तर १९ बर्ष भन्दा कम उमेरका किशोरका लागि भने अझै पनि यात्रा निशुल्क छ ।

जर्मनी
जर्मन सरकारले चाडैं प्रदूषित हुने शहरमा सार्वजनिक यातायातमा निशुल्क बनाउने योजना बनाएको छ । जर्मनीमा हुने सडक जामको समस्या न्युनिकरणका लागि सरकारले सार्वजनिक यातायातलाई निशुल्क बनाउन लागिएको हो । यदि यो योजना लागु भएमा बन, एसेन, राटलिंगन, मैनहेम र हेरनबर्गमा निशुल्क यात्रा लागु हुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १० : ४० बजे

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा