कपालमा पर्ने चायाबाट कसरी बच्ने ? « Khabarhub

कपालमा पर्ने चायाबाट कसरी बच्ने ?


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबै मानिस आफुलाई सुन्दर बनाउने प्रयास गर्छन । मानिस सुन्दर भएसंगै यसले उसको ब्यक्तित्वमा समेत सकारात्मक असर पार्दछ । मानिसको सुन्दरता झल्काउन कपालले महत्वपुर्ण भुमिका राख्दछ ।

कपाल कतिको महत्वपुर्ण हो भन्ने कुरा कपालका बिषयमा बनेका गीत वा कविताले प्रष्ट्याउने गर्दछ । तर मानिसको कपालमा जाडो र गर्मी दुबै मौसममा चाया पर्ने गर्दछ । कपालमा चाया पर्ने समस्याका कारण अधिकाशं मानिस तनावमा हुने गर्दछन् ।

चाया पर्नुको कारण

टाउकोमा रहेको बाहिरी छालाका कोष मर्ने र नयाँ पलाउने क्रम चलिरहन्छ । जसले मानिसको टाउकोमा सेतो मसिना फुस्रो दाग तथा कणहरु देखापर्छन् जसलाई चाया भनिन्छ । चाया पर्नुको कारण कपालको सफाइमा ध्यान नदिनु पनि हो ।

कपालको नियमित सफाई नहुँदा टाउकोमा चाया पर्ने सम्भावना वढी हुन्छ । अझ शरीरमा हुने हर्मोन परिवर्तन र वंशाणुगत गुणे पनि चाया पर्ने हुन्छ । विभिन्न रोग, अखाद्य बस्तुको सेवन तथा कपालमा केमिकलको प्रयोग गर्दा पनि टाउकोमा चाया पर्ने हुन्छ । साथै अत्यधिक तनाव लिने, शारीरीक थकानको काम गर्ने र केहि एलर्जीले समेत चाया पर्दछ ।

चाया निको पार्ने उपाय

टाउकोमा चाया पर्न नदिन टाउकोको नियमित सरसफाई गर्नपर्दछ । साथै सन्तुलित भोजन र फलफूलको सेवनले पनि टाउकोमा चाया पर्नबाट जोगाउछ ।

पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ । नियमित रुपमा कपाल नुहाउने, जेल वा हेयर क्रिमको सट्टा राम्रो तेलको प्रयोग गरे चायाको समस्या हट्नेछ ।

चाया हटाउने १० घरेलु उपाय

१. एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया जान्छ ।

२.अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया जान्छ ।

३. रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।

४.करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

५.एलोभेराको रस निकालेर कपालमा दल्नुस र आधाघन्टा जति राखेर पखाल्नुस चाया हटेर जान्छ ।

६.दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया निख्रन्छ ।

७. सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

८.ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईको कपालबाट चाया हराएर जान्छ ।

९.नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।

१०. एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १० : ४९ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि