मानसिक रोगीको आश्रयस्थल बन्दै सहारा घर | Khabarhub Khabarhub

मानसिक रोगीको आश्रयस्थल बन्दै सहारा घर


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको बर्दगोरिया –२ मा रहेको सहारा घर सडक जीवन बिताइरहेका मानसिक रोगीहरुको आश्रयस्थल बन्दै गएको छ ।

देख्दै घिन लाग्ने सडकमा फालेका फोहर चिज टिपेर खाने, जिग्रिङ्ग्र कपाल पालेका, फोहोरी मान्छे सोच्दै घिन लाग्छ जो कोहीलाई तर सहारा घरले यस्तै मानसिक रोगीहरुलाई आश्रय दिइरहेको छ ।

स्थानीयवासी बलबहादुर विष्टले आफ्नै निजी पहलमा सञ्चालन गरेको सहारा घरमा अहिले ४४ जना मानसिक रोगी आश्रय लिइरहेका छन् । सञ्चालक विष्ट भन्छन्, ‘मानसिक सन्तुलन गुमेका व्यक्ति राम्रोसँग खान र बस्न पाएपछि छोटो समयमै स्वास्थ्य हुँदै गएका छन् । शुरुका केही दिन बानी पार्न निकै कठिनाई हुन्छ, केही दिनमा स्वस्थ हुँदै गएपछि सबैले आफ्नो काम आफै गर्छन् । ’ सडक जीवन बिताउँदै आएका एक वृद्धको कीरा परेको घाउको उपचार गरेपछि मानसिक सन्तुलन गुमाएर सडक जीवन बिताउँदै आएका व्यक्तिको स्याहार गर्ने सोच आफूमा पलाएको विष्टले बताए ।

करीब एक वर्ष अघि कैलालीको लम्की सडकमा मानसिक सन्तुलन गुमाएको अवस्थामा भेट्टाएर सहारा घरमा लगियो ३५ वर्षीय महेश कुँवरलाई । बैतडी जिल्लाको पुचौडी नगरपालिका– ८ का महेश घरायसी विवादमा परी मानसिक सन्तुलन गुमाएपछि सडकमा भौतारिदै लम्की पुगेका थिए। सहारा घरका सञ्चालक बलबहादुर विष्टले सडकमा भौतारिने गरेको देखेर आफ्नो सहारा घरमा आश्रय दिए । समय बित्दै गयो र केशव पनि सहारा घरको माया, ममताले गर्दा पहिले जस्तै सामान्य अवस्थामा नै फर्किए । उही केशव अहिले मानसिक सन्तुलन गुमाएर सहारा घरमा बस्दै आएका मानिसको सहारा बने । सबैको स्याहार सुसार गर्न पाउँदा आफूलाई छुट्टै आनन्द आउने केशव बताउँछन् ।

उनी भन्छन्, ‘म पनि पहिला यस्तै अवस्थामा गुज्रिएर आएको हुँ सहारा घरको माया स्नेहलेबिना उपचार म निको भएँ ।’ सडकमा हिँडिरहेको देखेर बलबहादुर दाइले यहाँ ल्याउनुभयो,’ उनले भने, ‘बिना औषधि सहारा घरको माया ममताले म निको भएँ, हाम्रो लागि बलबहादुर दाइ भगवाननै हुनुहुन्छ ।’ अब म पनि यही बसेर दाइ जस्तै अरूको सेवा गर्छु । अहिले केशव पनि मानसिक सन्तुलन गुमाई त्यहाँ बस्ने मानिसहरूलाई नुहाइदिने देखि लिएर खाना पकाएर खुवाउने काम समेत गर्छन।

त्यस्तै सहारा घरमा बस्ने लम्की चुहा नगरपालिका –१ थकालीपुरकी सुनिता (शान्ति) को पीडा पनि कहाली लाग्दो छ । उनी पनि मानसिक सन्तुलन गुमाएर सडकमा हिँड्दै गर्दा बौनिया प्रहरीले सहारा घरमा पुर्‍याए । दुई छोरा र दुई छोरी रहेका उनीपनि करिब १२ वर्ष अघिदेखि मानसिक रोगीको सिकार भएका थिए । अहिले उनलाई निको भएको छ । अहिले उनी त्यही सहारा घरमा अरूको सेवा गर्दै आएकी छन् । घर नजिकै भएपनि आफूलाई घर जान पटक्कै मन नलाग्ने शान्ति बताउँछिन् ।

घर नजिकै भएर आफूहरूले पटक पटक घर पठाउँदा पनि पुनः फर्किएर सहारा घरमा आइहाल्नुहुन्छ सञ्चालक विष्टले भने ।

असहायको सहायताका लागि विष्टले ‘असहायका लागि सहयोगी हातहरू नेपाल’ संस्थाको नाममा देशबिदेशबाट सहयोग जुटाउने गरिरहेका छन् । ‘सहयोगी हातहरू भर्खर जुट्दै छन्’ उनले भने, ‘सामाजिक सञ्जालमार्फत सहायता माग्छु। स्थाको नाममा बैङ्कमा खाता खोलेको छु ।’

सहारा घरमा ,स्वास्थ्य परीक्षणको लागि स्वास्थ्यकर्मी तथा एम्बुलेन्सको एकदमै अभाव भएको सञ्चालक विष्टले बताए । उनले भने, ‘विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले अशक्त तथा असहायहरूलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनि कुनै पनि किसिमको सहयोग नगर्ने हुँदा आउने व्यक्तिहरूलाई गाँस बासमा समस्या हुने गरेको छ ।’

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १ : २० बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार