सवारी दुर्घटनामा एकको मृत्यु १८ घाइते « Khabarhub

सवारी दुर्घटनामा एकको मृत्यु १८ घाइते


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको कनकाई नगरपालिका –१ जामुनखाडीमा आज (शनिबार) बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ की सुजन पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ११ प ८९७७ नं को स्कुटरलाई सोही दिशातर्फ गइरहेको को १ ख ७२०४ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक पोखरेल घाइते भएकी थिइन् । उनको उपचारकै क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसमा सवार यात्रु पनि घाइते भएका थिए । उनीहरुको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १ : ३१ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास