रायडाँडामा फस्टाउँदै बाख्रापालन « Khabarhub

रायडाँडामा फस्टाउँदै बाख्रापालन


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- १० वर्ष रोजगारीका सिलसिलामा भारत बसेर सन्तोषजनक कमाई नभएपछि घर आएका ४७ वर्षीय नवीन केसी अहिले गाउँमै व्यावसायिक बाख्रापालनबाट उत्साहित भएका छन् ।

५ वर्ष पहिले चारवटा बाख्राबाट शुरु भएको बाख्रापालन व्यवसाय अहिले उनको मुख्य आम्दानीको स्रोत बनेको छ । भारतबाट निराश भएर फर्केका बागलुङ नगरपालिका–११ रायडाँडाका केसीले विदेशमा भन्दा स्वदेशमा नै मेहेनत गर्नुपर्ने निचोड निकालेर तीन वर्ष पहिला नवीन बाख्रा फार्म दर्ता गरे ।

प्राविधिक जानकारी नहुँदा व्यवासय विस्तारका लागि लेकबाट ल्याएका ५२ बाख्रा हावा पानी नमिलेर मरे । ठूलो लगानी डुबाउनुपर्‍यो । ऋण धन गरेर पुनःबाख्रापालनमा फर्किएका केसी अहिले जिल्लाकै सफल बाख्रापालकका रुपमा परिचित भइसकेका छन् । ‘प्राविधिक ज्ञान नहुँदा ठूलो नोक्सानी बेहोर्नुपर्‍यो,’ केसीले भने, ‘विदेश जानुभन्दा स्वदेशमा नै दुःख गर्ने निचोडका साथ निरन्तर बाख्रापालनमा होमिए, अहिले सन्तुष्ट छु ।’

केसीको फार्ममा अहिले १०५ बोका, पाठापाठीसहितका बाख्रा रहेका छन् । बाख्रापालनका लागि उत्कृष्ट रहेको रायडाँडा गाउँमा चरन क्षेत्र प्रशस्त भएकाले पछिल्लो समय बाख्रापालन फस्टाउन थालेको केसीले जानकारी दिए । केसीलाई श्रीमती रेणुकाले सघाउँदै आएको छ भने दुई जनालाई मासिक १० हजार तलब दिएर रोजगारी दिएका छन् ।

बाख्रापालनका लागि उत्कृष्ट स्थानका रुपमा रहेको रायडाँडामा फस्टाउदो बाख्रापालन देखेर अन्य युवासमेत यसतर्फ आकर्षित हुनथालेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । गौतमका अनुसार प्रशस्त चरन क्षेत्र रहेको रायडाँडालाई बाख्रापालनमा अगाडि बढाउने नगरपालिकाको योजना छ ।

चरनको अभाव नभएको केसीले बताए । ‘आफ्नो १०० रोपनी पाखोले नपुगेर थप १५० रोपनी वार्षिक एक लाख भाडामा लिएको छु’, केसीले भने । खरी क्रस २५ प्रतिशत बोयर जातका बाख्रा पाल्दै आएका केसीले दाना खुवाएर हुर्काएका भन्दा चरन क्षेत्रमा हुर्केका बोकाको मासु स्वादिष्ट हुने भन्दै घरमै बोका किन्नेको भीड लाग्ने गरेको बताए । बाख्रापालनमा हाल सम्म १२ लाख लगानी गरेका केसीले केही समय घाटासमेत व्यहोर्नुरेका थिए । ‘अहिले ऋणको किस्ता तिर्ने भए, घाटा हुँदासमेत लगानी गरे’, उनले भने, ‘बल्ल अहिले राम्रो कमाइ हुन थालेको छ ।’

प्रशस्त चरन क्षेत्र भएका कारण बाख्रापालनमा धेरै खर्च नलाग्ने भन्दै नवीनले थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने बताए । उनको खोरमा ५५ ब्याउने माउबाख्रा छन् । बिहानदेखि बेलुकासम्म सुत्केरी तथा बिरामी बाख्राबाहेक सबै पाखोमा चर्ने हुनाले हुर्काउन कम खर्च लागेको केसी बताए । आफ्नो फार्मलाई पशु अस्पताल तथा भेटेनेरीविज्ञ केन्द्र बागलुङ र गण्डकी प्रदेश सरकारबाट खोर व्यवस्थापनका लागि अनुदान स्वीकृत भएको केसीले जानकारी दिए।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १ : ४१ बजे

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी– मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको