त्रिभुवन विमानस्थल आइतबारदेखि फेरि ७ घन्टा बन्द हुँदै « Khabarhub

त्रिभुवन विमानस्थल आइतबारदेखि फेरि ७ घन्टा बन्द हुँदै


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतवारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थद दैनिक ७ घन्टा बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम आइतबार(भोलि) देखि शुरु हुने भएपछि दैनिक ७ घन्टा बन्द हुने भएको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार आइतबार राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने छ ।

तर, नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरिने छ ।

मंगलबार, बिहीबार र शनिबार राति २ बजे जिर्णोद्वार तथा मर्मत कार्य रोकिने र साढे २ बजे जहाज उडेपछि फेरि मर्मत सुचारु गरिने महाप्रबन्धक क्षत्रीले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार, विमानस्थल रिह्याबिलिटेसन जिर्णोद्वारको काम भदौ १५ देखि सुरु भई पुस १५ गतेसम्म सञ्चालन हुने छ ।

यस अवधिमा ७ घन्टा विमानस्थल बन्द हुने छ। दोस्रो चरणमा धावनमार्गको मध्यरेखामा लाइट राख्ने, ट्याक्सी(वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ड्रेन र्ममर्त आदिको काम हुने छ।

यसअघि तीन महिना ९चैत ११ देखि असार १६ गतेसम्म० १० घन्टा आंशिक उडान बन्द गर्दै पहिलो चरणको धावनमार्ग रिह्याबिलिटेसन ९जीर्णोद्वार० को काम गरिएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  २ : ५६ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको