टानको निर्वाचनमा प्रजातान्त्रिक समूहबाट खुमबहादुर सुवेदी अध्यक्षमा उठ्ने « Khabarhub

टानको निर्वाचनमा प्रजातान्त्रिक समूहबाट खुमबहादुर सुवेदी अध्यक्षमा उठ्ने


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीको संस्था (निट) नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने भएको छ ।

निट नेपालको शनिबार बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष सुवेदीको नेतृत्वमा व्यवसायी समूह उठाउने निर्णय गरेको हो ।

सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदिप घिमिरे र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठलाई उठाउने निर्णय गरिएको निट नेपालका अध्यक्ष दीपक महतले जानकारी दिए ।

यस्तै बामपन्थी पर्यटन व्यवसायीको तर्फबाट अन्जन थापा ‘कुमार’लाई अध्यक्ष बनाउने भएको छ । थापा समूहबाट लड्ने पदाधिकारी तथा सदस्यको नामावली टुङ्ग्याउन बाँकी रहेको छ ।

टानको वार्षिक साधारणसभा तथा निर्वाचन यही भदौ २० गते हुने भएको छ । पर्यटन क्षेत्रको सबैभन्दा धेरै सदस्य रहेको टानमा दुई हजारभन्दा बढी साधारण सदस्यले निर्वाचनमा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ३ : २२ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना