न्यूयोर्कमा आतंककारी आक्रमणको योजना बनाउने पाकिस्तानी मूलका नागरिक पक्राउ « Khabarhub

न्यूयोर्कमा आतंककारी आक्रमणको योजना बनाउने पाकिस्तानी मूलका नागरिक पक्राउ


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– पाकिस्तानी मूलका एक अमेरिकी नागरिकले आतंककारी संगठन इस्लामिक स्टेटका लागि न्यूयोर्क शहरमा आक्रमणको योजना बनाएको अमेरिकी अधिकारीले जनाएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षाका लागि सहायक महान्यायाधिवक्ता जोन डेमेर्सले जनाएअनुसार पाकिस्तानी मूलका १९ वर्षे अविस चौधरीले न्यूयोर्क शहरमा आक्रमणको योजना बनाएका हुन् । उनलाई पक्राउ गरि शुक्रबार अदालतमा पेश गरिएको र अदालतले उनलाई थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाउन आदेश दिएको जनाइएको छ ।

आक्रमणका लागि आवश्यक सामान खरिद गर्न बिहीबार पसल पुगेका बेला उनलाई नियन्त्रणमा लिइएको हो । उनले इस्लामिक स्टेटका तर्फबाट आक्रमण गरी अरुलाई पनि यस्तै किसिमको आक्रमणका लागि उक्साउन खोजेको अभियोग लगाइएको छ ।

आक्रमणका लागि उनले आक्रमणको स्थान निर्धारण गरिसकेको, आक्रमण गर्ने स्थानको आवश्यक अध्ययन गरिसकेको र निकै सावधानीपूर्वक योजना बनाएको अधिकारीले जनाएका छन् । उनले हतियार प्राप्त गर्न र आक्रमण गरिहाल्नमात्र बाँकी रहेको प्रहरीको भनाइ छ ।

उनले आफ्नो योजनाबारे अमेरिकी संघीय अनुसन्धान ब्यूरोका जासुसलाई टेक्स्ट म्यासेजमार्फत् जानकारी दिएका थिए ।

अमेरिकामा पाकिस्तानी मूलका नागरिकहरुले आतंककारी आक्रमणको योजना बनाउँदै आएका छन् । एक साताअघिमात्र एक पाकिस्तानी मूलका अमेरिकीले आतंककारी आक्रमणको षड्यन्त्र रचेको बयान दिएका थिए भने केही महिनाअघि अर्को व्यक्ति तालिबानमा भर्ती हुनका लागि पाकिस्तान जान लागेका बेला पक्राउ परेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ३ : ५८ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण