प्रतिबन्धका बाबजुद हङकङमा दशौं हजारले गरे प्रदर्शन, प्रहरीले चलायो रबरको गोली « Khabarhub

प्रतिबन्धका बाबजुद हङकङमा दशौं हजारले गरे प्रदर्शन, प्रहरीले चलायो रबरको गोली


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङमा प्रहरीले प्रदर्शनमा प्रतिबन्ध लगाएपनि दशौं हजारले प्रदर्शनलाई चर्काएका छन् । शनिबार हङकङका विभिन्न क्षेत्रमा लोकतन्त्रवादी प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् ।

दशौं हजार प्रदर्शनकारीले हङकङको संसद् भवन, सैनिक अखडा, प्रहरी चौकी अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण गर्नका लागि प्रहरीले रबरको गोली, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा र पेट्रोल बम प्रहार गरेका थिए ।

शनिबार भीषण वर्षा भएपनि वर्षाको परवाह नगरी दशौं हजार प्रदर्शनकारी सडकमा उत्रेका हुन् । शनिबारको प्रदर्शनअघि हङकङको प्रदर्शनका प्रमुख नेता मानिने २३ वर्षे युवा जोशुवा वाङसहितका अभियन्तालाई पक्राउ गरेको थियो ।

विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा १३ साताअघि शुरु भएको प्रदर्शन पछिल्लो समय लोकतन्त्र, अधिक स्वायत्तता व्यक्तिगत अधिकार लगायतका मुद्दामा केन्द्रित रहँदै आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ८ : ५६ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई