१९ गोल भएको खेलमा लिभरपुल विजयी « Khabarhub

१९ गोल भएको खेलमा लिभरपुल विजयी


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलेमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ ।

जितसँगै लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनमा प्रवेश गरेको छ ।

बुधवार राति एनफिल्डमा सम्पन्न खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लिभरपुल क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
पेनाल्टी सुटआउटमा लिभरपुर ५–४ गोल अन्तरले बिजयी भयो ।

निर्धारित सयमम ५–५ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

आर्सनलका डानियल सेबालोस पेनाल्टीमा चुक्दा लिभरपुल बिजयी भयो ।

खेलमा सबै गरेर १९ गोल भएको थियो । पाँच पाँचको बराबरी खेलेका लिभरपुल र आर्सनलले पेनाल्टी सुटआउट सम्म गरेर १९ गोल गरेका हुन् ।

पेनाल्टी सुटआउट भन्दा पहिला खेलको छैटौं मिनेटमा मुस्ताफीको आत्मघाती गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । ११ औं मिनेटमा लुकास ट्रोएरिराले गोल गर्दै आर्सनललाई १(१ गोलको बराबरीमा ल्याए ।

खेलको २६ औं र ३५ औं मिनेटमा मार्टिनेलीले दुई गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । ४३ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३–२ को स्थितिमा ल्याए ।

खेलको ५४ औं मिनेटमा मैट्ल्याण्ड निल्सले गोल गर्दा आर्सनल ४–२ ले अघि रह्यो । ५८ औं मिनेटमा लिभरपुलका एलेक्स चेम्बरलिनले गोल गर्दै खेल ४–३ मा ल्याए । ६२ औं मिनेटमा ओरिगीले गोल गर्दा लिभरपुलले ४–४ को बराबरी बनाउन सफल भयो ।

खेलको ७० औं मिनेटमा जोसेप विलकले गोल गर्दै आर्सनललाई ५–४ को अग्रता दिलाए । तर, खेलको अन्तिम समयमा ओरिगीले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५–५ गोलको बराबरीमा फर्काएका थिए । खेल बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : ०४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन