१९ गोल भएको खेलमा लिभरपुल विजयी | Khabarhub Khabarhub

१९ गोल भएको खेलमा लिभरपुल विजयी


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलेमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ ।

जितसँगै लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनमा प्रवेश गरेको छ ।

बुधवार राति एनफिल्डमा सम्पन्न खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लिभरपुल क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
पेनाल्टी सुटआउटमा लिभरपुर ५–४ गोल अन्तरले बिजयी भयो ।

निर्धारित सयमम ५–५ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

आर्सनलका डानियल सेबालोस पेनाल्टीमा चुक्दा लिभरपुल बिजयी भयो ।

खेलमा सबै गरेर १९ गोल भएको थियो । पाँच पाँचको बराबरी खेलेका लिभरपुल र आर्सनलले पेनाल्टी सुटआउट सम्म गरेर १९ गोल गरेका हुन् ।

पेनाल्टी सुटआउट भन्दा पहिला खेलको छैटौं मिनेटमा मुस्ताफीको आत्मघाती गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । ११ औं मिनेटमा लुकास ट्रोएरिराले गोल गर्दै आर्सनललाई १(१ गोलको बराबरीमा ल्याए ।

खेलको २६ औं र ३५ औं मिनेटमा मार्टिनेलीले दुई गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । ४३ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३–२ को स्थितिमा ल्याए ।

खेलको ५४ औं मिनेटमा मैट्ल्याण्ड निल्सले गोल गर्दा आर्सनल ४–२ ले अघि रह्यो । ५८ औं मिनेटमा लिभरपुलका एलेक्स चेम्बरलिनले गोल गर्दै खेल ४–३ मा ल्याए । ६२ औं मिनेटमा ओरिगीले गोल गर्दा लिभरपुलले ४–४ को बराबरी बनाउन सफल भयो ।

खेलको ७० औं मिनेटमा जोसेप विलकले गोल गर्दै आर्सनललाई ५–४ को अग्रता दिलाए । तर, खेलको अन्तिम समयमा ओरिगीले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५–५ गोलको बराबरीमा फर्काएका थिए । खेल बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : ०४ बजे

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने

म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामविरुद्धथि शानदार