‘घामड शेरे’ सरेपछि सर्‍यो दयाहाङको दयारानी « Khabarhub

‘घामड शेरे’ सरेपछि सर्‍यो दयाहाङको दयारानी


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘हाउसफूल ४’ का कारण धेरै शो नपाएर रिलिजको दुई दिनअघि चलचित्र ‘घामड शेरे’ सरेपछि यसको प्रभाव अन्य नेपाली फिल्मलाई पनि परेको छ । ‘घामड शेरे’ कार्तिक २२ गते रिलिज हुने भएपछि सो मितिमा आउने भनिएको फिल्म ‘सरौतो’ एक हप्ता पछाडि सरेको थियो ।

‘घामड शेरे’ ले रिलिज मितिमा हेरेफेर गरेलगत्तै ‘सरौतो’ कार्तिक २९ गतेलाई रिलिज मिति तोकेको थियो । यो मितिमा चलचित्र ‘माछा माछा’ र ‘मिस्टर नेपाली’ रिलिज हुँदैछन् । फिल्म जुध्ने भएपछि ‘सरौतो’ ले रिलिज मिति अझै पछाडि लैजान सक्न देखिएको छ ।

स्रोतका अनुसार ‘सरौतो’ अब मंसिर १३ गते रिलिज हुनेछ । यदि यो फिल्म मंसिर १३ मा रिलिज भयो भने सो मितिमा रिलिज हुने भनिएको चलचित्र ‘प्रेम संसार’ पनि एक हप्ता पछि सर्नेछ । पहिले ‘प्रेम स‍ंसार’ मंसिर १३ मा रिलिज हुने चर्चा छ ।

यता दयाहाङ राई स्टारर ‘दयारानी’ ले पनि रिलिज मितिमा हेरफेर गर्ने संकेत गरेको छ । पहिले यो फिल्म फागुन ९ मा प्रदर्शनमा आउने भनेको दयारानी अब भने मंसिर २० गते प्रदर्शन हुने चर्चा छ ।

त्यसो त यसअघि यो फिल्म जेठ १० मा प्रदर्शन हुने निर्माण टिमले घोषणा गरेको थियो । पछि फेरि साउनमा रिलिज हुने भनिएको थियो ।निर्माण टिमले अब भने यो फिल्म मंसिर २० गते नै प्रदर्शन गर्ने मनशाय बनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : ४२ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन