७१ वर्षीया वृद्धाको प्याराग्लाइडिङ्ग सामाजिक सञ्जालमा भाइरल ! « Khabarhub

७१ वर्षीया वृद्धाको प्याराग्लाइडिङ्ग सामाजिक सञ्जालमा भाइरल !


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्याराग्लाइडिङ्ग भन्ने बित्तिकै हतपत धेरै मानिसले आँट गर्दैनन् । अझ बालबालिका वा वृद्ध उमेरका मानिसले यसको कल्पना समेत गर्न सक्दैनन् ।

हजारौ फिटको उचाईमा उड्नु निकै चुनौतीपूर्ण हुन्छ । तर विश्वमा केही यस्ता मानिस पनि छन्, जसले उमेर वा शारीरीक बनावटलाई हवाला दिदै चुनौतीको सामना गर्दछन् ।

भारतमा यस्तै एक घटना भएको छ । सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा ७१ बर्षिया वृद्ध महिलाले प्याराग्लाइडिङ्ग गरेर उमेर केही चिजको बाधक नहुने साबित गरेकी छन् ।

भारतको बिलासपुरकी बासिन्दा ७१ वर्षीया संतोष मिश्राले हजारौं फीटको ऊंचाईमा प्याराग्लाइडिङ्ग गरी विश्वलाई चकित पारेकी हुन् । छोराको जन्मदिनको अवसरमा परिवार सहित भ्रमणका लागी भारतको कुल्लू पुगेकी संतोषले प्याराग्लाइडिङ्ग गर्न रहर राखिन् ।

प्याराग्लाइडरले उचाई धेरै हुने भएको तथा वृद्ध उमेरकी ब्यक्तिलाई जोखिममा हुने भन्दै उनलाई उडाउन मानेनन् । तर संतोषले आफुमा प्याराग्लाइडिंग गर्ने रहर रहेको भन्दै अड्डि कसिन् । अन्तत प्याराग्लाइडरले उनलाई परिवारको सहमतीमा उडाए ।

प्याराग्लाइडिंगका क्रममा संन्तोषको अनुहारमा कुनै हतास थिएन । बरु हजारौ फीटको उचाईमा पनि युवाले झैँ आनन्द लिइरहेकी थिइन् । उनको उडानका क्रममा मैदानमा रहेका धेरैले उनलाई साथ उनको हिम्मतका लागी तालि बजाएर स्वागत गरेका थिए । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनको साहसलाई निकैले स्रहाना गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : १७ बजे

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा