महराविरुद्ध अभियोग पत्र दायर हुँदै, आजै अदालतमा बयान लिइने « Khabarhub

महराविरुद्ध अभियोग पत्र दायर हुँदै, आजै अदालतमा बयान लिइने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध आज (बिहीबार) अदालतमा मुद्दा दायर हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गर्ने जनाएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिलका कार्यालय काठमाडौं प्रवक्ता नुमराज खनालले महराविरुद्ध अभियोग पत्र दायर गर्ने तयारी भएको जानकारी दिए ।

‘अहिले अभियोग पत्र तयार भइसकेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अनुसन्धानका आधारमा देखिएका तथ्यलाई मध्यनजर गरेर अभियोग पत्र तयार गरिएको हो,’ प्रवक्ता खनालले खबरहबसँग भने, ‘उहाँ (महरा)विरुद्ध कुन–कुन कसुरमा के–कस्तो सजायका मागदाबी गर्ने भनेर तोकिएको सरकारी वकिलबाट निर्णय हुन भने बाँकी छ ।’

महराको मुद्दाका लागि सरकारी वकिल उमाकान्त पौडेललाई तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले महराविरुद्ध अनुसन्धानका लागि थपिएको म्याद सकिएकाले सम्भवतः आज उनलाई अदालतमा उपस्थित गराइने जानकारी दिए ।

‘उहाँ (महरा)विरुद्ध अनुसन्धानका लागि अदालतले दिएको समय सकिएको छ । त्यसैले आज उहाँलाई अदालतमा उपस्थित गराइन्छ होला । आजै अभियोग पत्र पनि दायर हुन्छ होला,’ कार्कीले भने, ‘अभियोग पत्र दायर भएपछि अदालतमा बयान हुन्छ । अदालतको बयान सकिएपछि मात्रै थुनछेक बहस शुरु हुने हो ।’

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका एक अधिकारीका अनुसार आज अदालतमा महराको बयान लिने काम हुने छ । ‘उहाँविरुद्ध लगाइएको अभियोगअनुसार बयान लिनुपर्ने हुन्छ । अभियोग र आरोपहरु धेरै भए बयान लिन पनि समय लाग्छ,’ काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका ती अधिकारीले भने, ‘सम्भवत आज (बिहीबार) अदालतमा उहाँको बयान लिने काम मात्रै हुन्छ होला ।’

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : ३८ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी