यस्ता सङ्केत देखिए मिर्गौला रोग लागेको हुन सक्छ, ख्याल गर्नुस् « Khabarhub

यस्ता सङ्केत देखिए मिर्गौला रोग लागेको हुन सक्छ, ख्याल गर्नुस्


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला रोगसँग लडिरहेका छन् ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि उनी केही अघि सिंगापुरमा प्लाज्मा फेरेसिस गरेर आएका थिए ।

शरीरमा बढेको एन्टी बडीज हटाएर उनी स्वदेश फर्किएका थिए । तर बुधबार उनी पुन अस्पताल भर्ना भएका छन् ।

मिर्गौलामा समस्या देखिएपछि उनी हिजो ग्राण्डी अस्पताल भर्ना भएका छन् । मिर्गौलामा थप समस्या देखिएपछि उनको डायलाइसिस शुरु गरिएको छ ।

बुधबार र विहिवार गरेर उनको दुई पटक डायलाइसिस गरिएको छ । यसबाट कुनै सुधार नभएमा पुन मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ ।

मिर्गौलामा समस्या

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन् ।

मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो। मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछन् ।

शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा व्यवस्थापन गर्छन् ।

हड्डीलाई स्वस्थ राख्ने हर्मोनहरू पनि मिर्गौलामै बन्छन् । तर रक्तचाप बढ्दा मिर्गौलाका रक्तनलीमा दबाव पर्न गई यी काम राम्ररी हुन पाउँदैनन् ।

मिर्गौलाको समस्या सबै उमेर समूहका व्यक्तिमा हुन सक्छ । तर त्यसको कारण फरक हुनसक्छ ।

बालबालिकालाई पिसावनलीमा अवरोध सिर्जना भएर, विभिन्न खाले सङ्क्रमण बल्झिएर, घाँटी खराब भई बारम्बार टन्सिलको समस्या भएर मिर्गौलाको समस्या देखिएको पाइन्छ ।

पिसाबमा अत्यधिक प्रोटिन चुहिने समस्या देखियो भने पनि यस्तो जोखिम बढ्छ ।

समस्या भए यस्ता सङ्केत

केही लक्षणहरूले समस्या भएको सङ्केत गर्छन्। जस्तै, पिसाबमा फिँज आइरहनु वा पिसाब धमिलो हुनु वा गाढा रातो रङ्गको आइरहनु ।

छिनछिनमा पिसाब लाग्ने, पिसाब फेर्न राति उठिरहनुपर्ने, पिसाब फेरिसक्दा समेत निख्रेजस्तो नलाग्ने भएमा सतर्क हुनुपर्छ।

कहिलेकाहीँ धेरै कोखा दुख्नु, बिहान उठ्दा आँखाको डिल सुन्निनु, दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु पनि मिर्गौलामा गडबडी भइरहेको सङ्केत हो ।

सुत्दा अग्लो सिरानी चाहिने वा थोरै हिँडे पनि स्याँस्याँ हुने वा त्यत्तिकै थाकेजस्तो लाग्ने लक्षण देखि पनि परीक्षण गराइहाल्नुपर्छ ।

मिगौला रोगबाट कसरी बच्ने

–स्वास्थ्य, ताजा र पौष्टिक खाना मिलाएर दैनिक खाने,

– प्रति व्यक्ति दैनिक ५ ग्रामभन्दा कम नुन खाने,

– पानी प्रसस्त पीउने,

–धुम्रपान तथा मदिरा सेवन नगर्ने,

–दैनिक ३० मिनेर पसिना आउने गरी हिड्ने वा व्यायम गर्ने,

चिकित्सकको सल्लाह अनुसार मात्रै औषधि सेवन गर्ने ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १ : ३८ बजे

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा