प्रधानमन्त्री ओली केहीबेरमा डिस्चार्ज हुने « Khabarhub

प्रधानमन्त्री ओली केहीबेरमा डिस्चार्ज हुने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपस्तालबाट डिस्चार्ज हुने भएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री आज डिस्चार्ज हुने जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीसँग एक घण्टाभन्दा बढी समय भेट गरेका प्रचण्डले अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीको मिर्गौलाको हिजो र आज गरी दुई पटक डायलासिस गरिएको छ । थप डायलासिस गर्नु पर्ने वा नपर्ने भन्नबारे अहिले नै चिकित्सकहरुले नबताएको जानकारी दिए । उनले भने, ‘अवस्था हेरेर गर्नु पर्ने पनि हुन सक्ने चिकित्सकले बताएका छन् ।’

डायलासिसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकाले केही समय आराम गरेर उनी बालुवाटार फर्किने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली हिजो (बुधबार) बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका थि‍ए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ३ : २४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको