सिन्धुलीगढी विजयउत्सव मनाइने « Khabarhub

सिन्धुलीगढी विजयउत्सव मनाइने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीमा यसवर्ष तीन दिन विजयउत्सव मनाइने भएको छ । कात्तिक २४ गते कमलामाई नगरपालिकाले विजयउत्सव भव्यरुपमा मनाउने भएको हो ।

विक्रम संवत् १८२४ मा अङ्ग्रेजलाई हराएर ब्रिटिस् साम्राज्यको पञ्जामा पर्नबाट वीर नेपालीले वीरतापूर्वक परास्त गरेको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीवासीले विजयउत्सव मनाउने गरेका छन् ।

यो परम्परा २०६७ सालदेखि नेपाल पत्रकार महासङ्घ सिन्धुलीले मनाउन शुरु गरेको थियो ।

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले भव्यरुपमा मनाइने विजय उत्सवमा पृथ्वीनारायण शाहको शालिक शिलान्यास गर्ने, नेपाली सेनाले निर्माण गर्न लागेको युद्ध सङ्ग्राहलयको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको बताए ।

नगर प्रमुख खत्रीले नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी सिन्धुलीका धार्मिक तथा ऐतिहासिक स्थानको व्यापक प्रचारप्रसार गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ३ : ५२ बजे

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा