नेपाली सुरक्षा गार्डको विकल्प खोज्दै मलेसिया « Khabarhub

नेपाली सुरक्षा गार्डको विकल्प खोज्दै मलेसिया


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाका गृहमन्त्री मुहियाद्धिन यासिनले नेपाली सुरक्षा गार्ड अल्पकालीन रहेको भन्दै यसमा जुनसुकै वखत फेरवदल गर्न सकिने बताएका छन् ।

स्थानीय नागरिकलाई सुरक्षा गार्डको काममा आकर्षित गर्ने गरी मलेसियाले छलफल अघि बढाएको हुँदा नेपाली सुरक्षा गार्ड विकल्पका रुपमा मात्र रहने सम्भावना बढेको छ ।

मन्त्री यासिनले यस विषयमा सरकारले छलफल पनि गरिरहेको समेत जनाएका छन् । मलेसियामा नेपाली सुरक्षा गार्डको चर्को अभाव भएपछि स्थानीय नागरिकलाई नै सुरक्षा गार्डका रुपमा लिन थाल्नुपर्ने माग शुरु भएको छ ।

मलेसियामा नेपालीलाई मात्र सुरक्षा गार्डका रुपमा लिने सरकारी नीति थियो । सुरक्षा गार्डको अभावसँगै सो नीतिमा पुनरावलोकन गर्नुपर्ने माग समेत उठेको छ ।

सुरक्षा गार्डको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुका प्रतिनिधिहरुसँगको छलफलमा गृहमन्त्री यासिनले यस्तो धारणा राखेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

उनले प्रविधिको प्रयोगमार्फत पनि विदेशी कामदारप्रतिको निर्भरता घटाउन सकिने भन्दै यसतर्फ पनि प्रयत्न गर्न आग्रह गरेका थिए ।

यसअघि पनि मलेसियाले नेपाली कामदारलाई चर्को शुल्क असुलेको भन्दै त्यो रोकिने गरी श्रम समझदारी नभएसम्म कामदार नपठाउने निर्णय गरेपछि श्रीलंकाबाट सुरक्षा गार्ड भित्रियाउने बताएको थियो ।

यसैगरी श्रमिकको चर्को अभाव भएपछि बंगलादेशबाट तीन बर्षभित्र १५ लाख बंगलादेशी कामदार ल्याउने सहमति गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ६ : ३३ बजे

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ