नेपाली सुरक्षा गार्डको विकल्प खोज्दै मलेसिया | Khabarhub Khabarhub

नेपाली सुरक्षा गार्डको विकल्प खोज्दै मलेसिया


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाका गृहमन्त्री मुहियाद्धिन यासिनले नेपाली सुरक्षा गार्ड अल्पकालीन रहेको भन्दै यसमा जुनसुकै वखत फेरवदल गर्न सकिने बताएका छन् ।

स्थानीय नागरिकलाई सुरक्षा गार्डको काममा आकर्षित गर्ने गरी मलेसियाले छलफल अघि बढाएको हुँदा नेपाली सुरक्षा गार्ड विकल्पका रुपमा मात्र रहने सम्भावना बढेको छ ।

मन्त्री यासिनले यस विषयमा सरकारले छलफल पनि गरिरहेको समेत जनाएका छन् । मलेसियामा नेपाली सुरक्षा गार्डको चर्को अभाव भएपछि स्थानीय नागरिकलाई नै सुरक्षा गार्डका रुपमा लिन थाल्नुपर्ने माग शुरु भएको छ ।

मलेसियामा नेपालीलाई मात्र सुरक्षा गार्डका रुपमा लिने सरकारी नीति थियो । सुरक्षा गार्डको अभावसँगै सो नीतिमा पुनरावलोकन गर्नुपर्ने माग समेत उठेको छ ।

सुरक्षा गार्डको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुका प्रतिनिधिहरुसँगको छलफलमा गृहमन्त्री यासिनले यस्तो धारणा राखेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

उनले प्रविधिको प्रयोगमार्फत पनि विदेशी कामदारप्रतिको निर्भरता घटाउन सकिने भन्दै यसतर्फ पनि प्रयत्न गर्न आग्रह गरेका थिए ।

यसअघि पनि मलेसियाले नेपाली कामदारलाई चर्को शुल्क असुलेको भन्दै त्यो रोकिने गरी श्रम समझदारी नभएसम्म कामदार नपठाउने निर्णय गरेपछि श्रीलंकाबाट सुरक्षा गार्ड भित्रियाउने बताएको थियो ।

यसैगरी श्रमिकको चर्को अभाव भएपछि बंगलादेशबाट तीन बर्षभित्र १५ लाख बंगलादेशी कामदार ल्याउने सहमति गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ६ : ३३ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको