जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो : उपराष्ट्रपति पुन « Khabarhub

जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो : उपराष्ट्रपति पुन


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा- उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले आझै पनि कैयौँ बालबालिकाहरु शिक्षाको पहुँचबाट बाहिर रहेको बताए ।

सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्ने बताए । हुने खानेको लागि निजी र हुँदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उनले शिक्षामा ठूलो खाडल रहेको उल्लेख गरे ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसद अग्निप्रसाद सापकोटाले स्थानीय सरकारमा विकृति र विसङ्गति रहे पनि समग्रमा राम्रो रहेको चर्चा गरे ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त उक्त विद्यालय नेपाल हिल्फे वाइलग्रीस जर्मनीको आर्थिक तथा ग्रामीण सुधार सेवा समिति सिन्धुपाल्चोक सुकुटेको संयोजनमा रु सात करोड १८ लाखमा पुनःनिर्माण गरिएको हो ।

कूल ३३ कोठा रहेको भवनमा १२ शौचालयसहित कम्पाउण्ड, फर्निचर समेतको सुविधा सम्पन्न भवन रहेको ग्रामीण सुधार सेवा समितिका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए । संस्थाले जिल्लामा दर्जन बढी विद्यालय भवनको पुनःनिर्माण तथा प्रवलिकरण गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : ४८ बजे

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ