जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो : उपराष्ट्रपति पुन | Khabarhub Khabarhub

जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो : उपराष्ट्रपति पुन


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा- उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले आझै पनि कैयौँ बालबालिकाहरु शिक्षाको पहुँचबाट बाहिर रहेको बताए ।

सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्ने बताए । हुने खानेको लागि निजी र हुँदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उनले शिक्षामा ठूलो खाडल रहेको उल्लेख गरे ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसद अग्निप्रसाद सापकोटाले स्थानीय सरकारमा विकृति र विसङ्गति रहे पनि समग्रमा राम्रो रहेको चर्चा गरे ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त उक्त विद्यालय नेपाल हिल्फे वाइलग्रीस जर्मनीको आर्थिक तथा ग्रामीण सुधार सेवा समिति सिन्धुपाल्चोक सुकुटेको संयोजनमा रु सात करोड १८ लाखमा पुनःनिर्माण गरिएको हो ।

कूल ३३ कोठा रहेको भवनमा १२ शौचालयसहित कम्पाउण्ड, फर्निचर समेतको सुविधा सम्पन्न भवन रहेको ग्रामीण सुधार सेवा समितिका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए । संस्थाले जिल्लामा दर्जन बढी विद्यालय भवनको पुनःनिर्माण तथा प्रवलिकरण गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : ४८ बजे

धादिङको खनियाँबासमा भारतीय सहयोगमा बन्ने स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर

धादिङ- धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर भवन

बालयौन दुरुपयोग मुद्दामा मदन राईलाई अढाई वर्ष कैद सजाय

काठमाडौं- खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक

टोखामामा सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

काठमाडौं– काठमाडौँको टोखामा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी

अधिवक्ता त्रिपाठीमाथि कुटपिट- पक्राउ परेका तीनै जनासँग अदालतले माग्यो जनही एक लाख धरौटी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बहस गरेको भन्दै

शिक्षा र विकास राष्ट्र निर्माणका मूल खम्बा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा र विकास राष्ट्र निर्माणका