उपनिर्वाचनको आचारसंहिता पालना गर्ने दलहरुको प्रतिबद्धता « Khabarhub

उपनिर्वाचनको आचारसंहिता पालना गर्ने दलहरुको प्रतिबद्धता


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका सबै राजनीतिक दलले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यका लागि हुने उपनिर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा विहीबार आयोगमा उपनिर्वाचनको तयारी तथा आचारसंहिताका सम्बन्धमा भएको छलफलमा १७ राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालनाको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सरकारले पनि निर्वाचन आचारसंहिता पालना गर्दैै सरोकारवालाहरूबाट पनि त्यसको उल्लङ्घन हुन नदिने दृढता व्यक्त गरेको छ ।

उक्त छलफलपछि सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाली काङ्ग्रेसका एनपी साउद, समाजवादी पार्टीका शिवजी यादव, राष्ट्रिय जनता पार्टीका सुरेन्द्र झालगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : ३० बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति