यस कारण लाग्छ क्यान्सर, यी हुन् बच्ने उपाय « Khabarhub

यस कारण लाग्छ क्यान्सर, यी हुन् बच्ने उपाय


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव शरीर लाखौँ कोशिकाहरुबाट बनेको हुन्छ । मानिसको उमेरसँगै ती कोशिकाहरु स्वाभाविक र नियमित रुपमा बढिरहेको हुन्छ । यो सामान्य प्रक्रिया हो । तर शरीरको कोशिकाहरु अस्भाविक र अनियमित तरिकाले बढेमा त्यसलाई सामान्य रुपमा लिनु हुँदैन । किनकी कोशिकाहरु अस्वभाविक वृद्धि हुनु क्यान्सरको लक्षण हुनसक्छ ।

क्यान्सरको समयमै पहिचान भएन भने शरीरभर फैलिन्छ । क्यान्सरको समयमै पहिचान र उपचार नभएमा मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले समयमै रोग पहिचान गर्न सकेमा क्यान्सरबाट हुने मृत्युलाई कम गर्न सकिन्छ ।

क्यान्सरका प्रारम्भिक लक्षण यस्तो हुन्छ 

लामो समयसम्म खोकी लागिरहनु ।
स्वर घोक्रो हुँदै जानु ।
शरीरमा भएको कोठीको रङ र आकार असामान्य तरिकारले परिवर्तन हुनु ।
स्तन वा शरीरका अन्य भागमा दुख्ने तथा नदुख्ने गिर्खा आउनु ।
असाधारण रक्तस्राव वा पीप आउनु ।
खाना निल्न गाह्रो हुनु
खाएको खाना नपच्नु ।
पुरानो घाउ निको नहुनु ।
विना कारण शरीरिको तौल घट्दै जानु ।

मानिसमा क्यान्सर हुनुको कारण पत्ता लगाउन गाह्रो छ । तर जीवनशैली र खानपानमा विशेष ध्यान नदिदा क्यान्सर हुने सम्भावना बढाउँछ । क्यान्सरबाट बच्नको लागी हामीले क्यान्सरको कारक तत्वबाट समयमै टाढा हुनुपर्छ ।

यी हुन् क्यान्सरका कारण

सुर्तीजन्य पदार्थको प्रयोग

क्यान्सर हुनुको मुख्य कारण सुर्तीजन्य पदार्थको प्रयोग हो । मध्यपान र धुम्रपानको कारण मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना हुन्छ ।

खानपिन
अत्याधिक चिल्लो, नुन बढी भएको खाना धुँवामा सेकाएको मासु, बासी तथा ढुसी परेका खानेकुरा खानाले क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

वंशाणुगत

क्यान्सर हुनुको विभिन्न कारणमध्ये वंशाणुगत गुण पनि एक कारक तत्व हो । वंशाणुगत कारण भन्नाले कुनै व्यक्तिमा क्यान्सर भएमा उसको सन्तति तथा परिवारका अन्य सदस्यहरुमा पनि क्यान्सर हुने सम्भावना रहन्छ ।

विकिरण

हाम्रो शरीरलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न किसिमका विकिरणको प्रभाव परिरहेको हुन्छ । अत्याधिक घाम, परमाणुको प्रभाव र नियमित रुपमा उपचार विधिमा प्रयोग हुने प्रविधिको कारण पनि क्यान्सर हुन सक्छ ।

जिवाणुको कारण तथा अन्य कारण

मानिसमा जिवाणुको कारण पनि क्यान्सर हुन सक्छ । यी तत्वबाहेक वातावरण प्रदुषण, औद्योगिक प्रदुषण, मिसावटयुक्त खानपानको सेवन र विषाक्त रसायन पदार्थको सेवनका कारण पनि क्यान्सर हुने सम्भावना हुन्छ ।

क्यान्सरको समयमै पहिचान र उपचार भएमा यो रोग निको हुन सक्छ । तर समयमै रोग पहिचान नहुँदा मानिसले अकालमा ज्यान गुमाउन परीरहेको छ । त्यसैले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन उपयक्त हुन्छ ।

क्यान्सर हुनबाट बच्न यस्ता कुरामा ध्यान दिनुस्
सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने ।
शाकाहारी र सन्तुलित खाना खाने ।
चर्को नुनको प्रयोग गर्ने ।
धुँवामा सेकाएको मासु कम सेवन गर्ने
चिल्लो, पिरो, बासी तथा ढुसी परेको खाना नखाने ।
नियमित शारीरिक व्यायम तथा योगा गर्ने ।
सरसफाइमा विशेष ध्यान दिने ।
नियमित स्वास्थ्य परिक्षण गर्ने ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  ४ : ०५ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि