पूर्व युवराज पारसको जन्मदिनमा छोरी पूर्णिकाले लेखिन् यस्तो भावुक सन्देश « Khabarhub

पूर्व युवराज पारसको जन्मदिनमा छोरी पूर्णिकाले लेखिन् यस्तो भावुक सन्देश


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व युवराज पारस शाहले पोखरामा जन्मदिन मनाएका छन् । आफन्त र साथीभाइका साथ पोरखरामा रहेको किङ्स लाउन्जमा पारसले आफ्नो जन्मदिन मनाएका हुन् ।

पारसले दुई छोरी र एक छोरासँग रमाइलोका साथ जन्मदिन भव्य रुपमा मनाएका हुन् । पारसको बर्थडे पार्टीमा पूर्व युवराज्ञी हिमानी शाह भने उपस्थित थिइनन् ।

पारसलाई छोरी पूर्णिका शाहले जन्मदिनको शुभकामना दिँदै लेखेकी छिन्– ‘कविहरु भन्छन् कि महान मान्छेको मुटु त्यत्तिकै नरम हुन्छ तर यो गलत देखिन्छ। जब महान मानिसहरू अरूको पीडामा नरम हुन्छन् ।’

उनले आफ्ना पिता पारस शाहलाई अरुको पीडामा नरम हुने महान व्यक्ति भएको उल्लेख गरेकी छिन् । उनले अरुको पीडामा सान्त्वना दिनसक्ने भनेकी छिन् ।

परिवारबाट टाढिएर पारस अहिले व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारको सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

पछिल्लो समय पारस सोनिका रोकायासँगको हिचमिचका कारण चर्चासँगै आलोचना समेत खेप्दै आएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ४ : ३३ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक