ए डिभिजन लिग फुटबलः संकटा र पुलिस तथा आर्मी र थ्री स्टार भिड्ने « Khabarhub

ए डिभिजन लिग फुटबलः संकटा र पुलिस तथा आर्मी र थ्री स्टार भिड्ने


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी ए  डिभिजन लिग फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले चौथो चरणको तेस्रो दिन संकटा र पुलिस तथा आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा हुने जनाएको छ ।

पहिलो खेलमा संकटा र पुलिस बिहान साँढे ११ बजे भिड्नेछन् । आर्मी र थ्री स्टारको खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

लिगमा तीन खेलबाट संकटा र पुलिसले एक जित, एक हार र एक बराबरी गरेका छन् । तालिकामा ४ अंक जोडेका पुलिस र संकटा गोल अन्तरका आधारमा नवौं र दशौं स्थानमा छन् ।

दुई जित र एक बराबर खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक रहेको छ । आर्मी दुई जित र एक हार ब्यहोरेको पाँचौ स्थानको आर्मीको ६ अंक रहेको छ ।

गत सिजनको उपविजेता संकटा र विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो जितको खोजीमा रहेका छन् । लिगको तेस्रो खेल सकिदाँ दुबै टिमले एक खेल बराबर गरेका छन् भने अर्को खेलमा जित निकालेका छन् । लिगमा पुुलिस र संकटाको समान ४ अंक रहेको छ । गोल अन्तरका आधारमा पुलिस भन्दा संकटा पछाडि छ ।

यस्तै लिग जित्ने लक्ष्य बनाएका आर्मी र थ्री स्टार लिगको चौथो चरणमै आमने सामने हुदैछन् । अंक तालिकामा ७ अंक सहित थ्री स्टारतेस्रो स्थानमा छ । दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको आर्मी ६ अंकसहित पाँचौ स्थानमा छ ।

 

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : २१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि