सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी « Khabarhub

सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी आएको हो ।

जिल्लाभित्रका विभिन्न क्षेत्रमा चल्ने सवारीसाधन दुर्घटनामा परी ज्यान गुमाउनेको क्रम बढेपछि ट्राफिक प्रहरीको आवश्यकता परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

एक प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना ट्राफिक प्रहरी रहने जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको । कार्यालयका अनुसार नयाँ ट्राफिक दरबन्दी स्वीकृत भएको र केही दिनभित्रै ट्राफिक कार्यालयसमेत स्थापना हुनेछ ।

बजारमा कार्यालयका लागि भाडामा भवन खोजेको र नपाउँदासम्म जिल्ला प्रहरी कार्यालयभित्रै छुट्टै कार्यालय स्थापना हुने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुन लागेको उनले बताए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : ४९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम