नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने ३ जना पक्राउ « Khabarhub

नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने ३ जना पक्राउ


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित नेशनल गेष्ट हाउसबाट नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बझाङ बुङ्गल नगरपालिका-१ बस्ने ३४ वर्षीय शंकर बोहरा, भारत पिलिभित राघुपुरी गाउँ चौकी बजार घर भएका १९ वर्षीय मिख्खु भन्ने मुक्तियार सिंह र सोही स्थान घर भएका ३२ वर्षीय मितु भन्ने मंजित सिंह रहेका प्रहरीले जनाएको छ ।

उक्त गेष्ट हाउसमा अवैध सुनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको कोठा नम्बर ७ खानतलासी गर्दा लुकाई छिपाई राखेको ३ वटा बिस्कुट आकारमा रहेको २ केजी ४ सय ग्राम नक्कली सुन फेला पारी शंकर बोहरालाई पक्राउ गरेको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा बोहरासँग कारोबारमा संलग्न रहेका मुक्तियार सिंह र मंजित सिंह समेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ४२ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा