सुमनको गोलमा पुलिसको जीत, संकटाले लय समात्न सकेन « Khabarhub

सुमनको गोलमा पुलिसको जीत, संकटाले लय समात्न सकेन


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले दोस्रो जीत हात पारेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको संकटाविरुद्धको खेलमा पुलिसले २–१ गोलको जीत हात पारेको हो ।

लिगमा मध्यम प्रदर्शन पस्किरहेको पुलिसले खेलेका ४ खेलमध्ये २ मा जीत हात पार्दा १ मा बराबरी र १ खेलमा हार व्यहोरेको छ । दोस्रो जीतपछि पुलिस ७ अंकसहित अंक तालिकाको पाँचौ स्थानमा छ ।

संकटामाथि जीत निकाल्न पुलिसका सुमन लामाले गोल गरे । संकटाका अमित तामाङले आत्मघाती गोल गर्दा पुलिसले १ गोल उपहार पाएको थियो ।

खेलको १५ औं मिनेटमा संकटाका अमित तामाङले आत्मघाती गोल गर्दा पुलिसले १–० को अग्रता बनाएको थियो । त्यसको ठीक ३ मिनेटपछि अर्थात् १८ औं मिनेटमा अमित तामाङ आफैले संकटाका लागि पहिलो गोल गर्दै खेल १–१ बरारबरी गरेका थिए ।

१–१ गोल बराबरी रहेको खेलको ३३ औं मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका थिए ।  पहिलो हाफमा २–१ ले अगाडि रहेको पुलिसविरुद्ध गोल फर्काउन नसकेपछि संकटाले हार व्येहोर्नु परेको हो ।

अघिल्लो सिजनमा लिगमा दोस्रो भएको संकटाले यस सिजनमा लय समात्न सकेको छैन । ४ खेल खेलेको संकटाले १ खेलमा जित १ मा बराबरी र २ खेलमा हार व्येहोर्दै लिगको १० औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ३ : ५७ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर