राजेश हमालले भने – हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौँ | Khabarhub Khabarhub

राजेश हमालले भने – हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौँ


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारले चासोका साथ लिएको  ‘पर्यटन वर्ष २०२०’ को उद्घाटन समारोहबाट अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै अभिनेता राजेश हमालले पर्यटन वर्षको शुरुवात गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय महोत्सवका रुपमा मनाउने सरकारको योजनाअनुरुप अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर ‘पर्यटन वर्ष २०२०’ को शुरुवात गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै अभिनेता हमालले सबै नेपालीलाई अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिए । उनले भने, ‘नेपाली दिदीबैनी दाजुभाइहरुलाई अङ्ग्रेजी नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।’

उनले पर्यटन वर्षलाई प्रवद्र्धन गरेका थिए । उनले नेपालको प्रकृति र वन्यजन्तु विश्वको आर्कषण भएको बताए ।

उनले भने, ‘हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौँ ।’ उनले उपस्थित दर्शकलाई प्रश्न गरे – तपाईंहरु पनि विश्वलाई नेपालमा स्वागत गर्न तयार हुनुहुन्छ?

हमालको प्रश्नपछि दर्शकले हुटिङ गरेका थिए ।

सन् २०२० लाई सरकारले भ्रमण वर्ष २०२० का रुपमा मनाउँदैछ । सरकारले यस वर्ष मात्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ५ : ०९ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन