कान चिलाउँदा नकोट्याउनुस्, हुनसक्छ यस्तो गम्भीर समस्या « Khabarhub

कान चिलाउँदा नकोट्याउनुस्, हुनसक्छ यस्तो गम्भीर समस्या


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कान मानव शरीरको निकै संवेदनशील अंग हो । मानिसको शरीरमा दुई वटा कान हुन्छ । कानमा तीन भाग हुन्छ, बाहिरी, मध्य र भित्रि ।

कानको बाहिरी र मध्य भागले बाहिरको आवाज सुन्नलाई मद्दत गर्छ भने भित्री भागले शरीरको अगंलाई सुचारु राख्न सहयोग गर्छ । मानिसहरु प्रायः कान चिलाउँदा कन्याउन हातका औँला प्रयोग गर्छन् । यति मात्रै नभएर कानभित्र सिन्का, सिसाकलम, कनकर्नुजस्ता तीखा वस्तु पनि घुसार्छौँ ।

कहिलेकाही कान चिलाउनु सामान्य हो । तर, कानको भित्री भाग बारम्बार चिलाउँछ भनेचाहिँ हेलचक्र्याइँ गर्नुहुन्न । तर धेरै मानिसहरु कान चिलाउँदा पनि वास्ता नगरी बस्ने गर्दछन् । अझ कान चिलाएमा हातका औँला वा सिन्का, ककर्नु लगायतका तीखा वस्तुले कान कन्याउदै गर्दछन् ।

यसरी तीखो वस्तुले कान कन्याउँदा यसले नकारात्मक असर पार्ने वा घातक रोग लाग्ने सम्भावना उच्च हुन्छ । त्यसैले कान चिलाउँनुको कारण बुझेर यसको उचित उपचार खोज्नुपर्छ ।

फङ्गल इन्फेक्सन भएको समयमा कानमा पानी, तेल प¥यो भने कान पाक्ने समस्या पनि हुन्छ । मनोवैज्ञानिक कारणले पनि कहिले काहीँ कान चिलाउने हुन्छ । नाक, घाँटीको एलर्जीले गर्दा पनि कान चिलाउन सक्छ । यस्तो अवस्थामा उपचारको घरेलु उपाय अपनाउनु फलदायी हुन्छ ।

१. एलोभेरा ः एलोभेरा अर्थात घ्यु कुमारीलाई बहुगुणयुक्त औषधि मानिन्छ । कान चिलाएमा एलोभेराको २ थोपा रस कानको भित्री भागसम्म पुग्ने गरी राखी सुख्खा कपासले सफा गरेमा कान चिलाउन छाड्छ ।
२. तेल ः कान चिलाउँदा नरिवल वा एलोभेराको तेल प्रयोग गरेमा पनि कान चिलाउने समस्याबट मुक्ति पाइन्छ । शुद्ध तोरीको तेलले पनि कान चिलाउने समस्यामा राहत दिन्छ ।
३. लसुन ः भान्सामा सहजै पाइने लसुनमा एन्टिबायोटिक गुण हुन्छ । लसुनको एक केस्रालाई जैतुन र तिलको तेलमा फुराई कानको बाहिरी भागमा लगाउनाले कानलाई इन्फेक्न हुनबाट बचाउँछ ।
४. क्रिम ः सुख्खा भएर कान चिलाँएमा चिकित्सकको परामर्शमा भ्यास्लीन क्रिम वा कोल्ड क्रिम बाहिरी भागमा लगाएमा पनि कान चिलाउने निको हुन्छ ।

कान चिलाएमा के नगर्ने ?
१. कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने
२. कान जथाभावी सफा नगराउने
३. कानेगुजी भरिएको महशुस भएमा आफैंले फाल्ने कोशिश गर्नु हुँदैन ।
४. कान सफा गर्ने एयर बर्डले कान सफा नगर्ने । यसले कानको जाली प्वाल पर्न सक्छ ।
५. नुहाउँदा कानमा पानी पस्नबाट बचाउने ।
६. सिन्काले कान नकोट्याउने ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ९ : ५२ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले

हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

काठमाडौं- नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीबाट भएको

राक्सिराङमा चेपाङ समुदायको न्वागी पर्व, नयाँ अन्न पितृलाई चढाएर मनाइँदै 

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम)

कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्वी राजमार्गको कृष्णभिरमा

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे