बेलले तत्काल रियल मड्रिड नछाड्ने « Khabarhub

बेलले तत्काल रियल मड्रिड नछाड्ने


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेलले तत्काल क्लब नछाड्ने बताएका छन् । क्लबको पछिल्लो टोलीमा समेत नरहेका बेलले तत्काल क्लब नछाड्ने जिदानको भनाई छ ।

३० वर्षिया फरवार्ड बेल शनिबार एट्लेटिको मड्रिडबिरुद्ध खेल्ने रियलको १९ सदस्यीय टोलीमा छैनन् ।

टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले मड्रिड पुगेर क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरिजसँग बेलको सरुवाको बिषयमा छलफल गरेका थिए ।

‘म उनी जाने सम्भावनाको विषयमा विचार गर्न सक्दिन,’ जिदानले भनेका छन्।

‘उनी हामीसँग छन् । मैले उनको गणना गरिरहेको छु । हामी सबै खेल्नका लागि यहाँ छौ। उनी समेत तयार छन्,’ उनले थपे ।

वेल्सका फरवार्ड सन् २०१३ मा प्रिमियर लिग क्लब टोटेनहमबाट रियलमा आएका थिए ।

उनी कीर्तिमानी मुल्य ८३ मिलियन पाउण्डमा स्पेन आएका थिए । उनको क्लबसंग २०२२ सम्म सम्झौता छ । उनले यस सिजन १२ लिग खेलमा दुई गोल गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : ५२ बजे

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन