राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत् « Khabarhub

राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ ।

सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ ।

कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

कूल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन ।

परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

निर्माण शुरु भएको करीब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिए ।

विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । यस्तै कूल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ४ : ४५ बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच