धुर्मुसले बनाउन शुरु गरेको रंगशालालाई गल्छी गाउँपालिकाले दियो १०० टिपर बालुवा | Khabarhub Khabarhub

धुर्मुसले बनाउन शुरु गरेको रंगशालालाई गल्छी गाउँपालिकाले दियो १०० टिपर बालुवा


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको गल्छी गाउँपालिकाले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । आज धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् ।

गल्छी गाउँपालिका वडा नं ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेको र प्रति टिप मूल्य रु ३० हजार हाराहारी पर्ने जानकारी दिए । सबै बालुवा रु ३० लाख बराबरको रहेको थियो ।

गाउँपालिकाले बालुवा र धोएको खर्च बेहोरेको र नेपाल टिपर तथा ट्रक व्यवसायी समिति कलङ्कीले ढुवानीको व्यवस्था गरेको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । रङ्गशालामा रु ५० करोड सङ्कलन गर्ने लक्ष्यका साथ आइतबारदेखि धनधान्याञ्चल महायज्ञसमेत लगाइँदै छ ।

रु दुई अर्ब ५० करोडको लगानीमा जनस्तरबाट रङ्गशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व धुर्मुश सुन्तली फाउण्डेसनले गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : ०४ बजे

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता

म्यानमाको राखिनमा हवाई आक्रमण, १२ जनाको मृत्यु

एजेन्सी – म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा

गुडिरहेको अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

नवलपरासी – देवचुली नगरपालिका-६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु