यौन शोषणको आरोप लागेका एसएसपी राणा पक्राउ « Khabarhub

यौन शोषणको आरोप लागेका एसएसपी राणा पक्राउ


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलात्कारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सौरभ राणा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञबिनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेको नेतृत्व टोलीले उनलाई शनिवार पक्राउ गरेको हो ।

धरानमा रहेको सङ्‍घीय प्रहरी इकाइ कार्यालयको एसएसपी निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बिहीबार संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख तथा एसएसपी सौरभ राणाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी दर्ता भएको थियो ।

गत कात्तिकमा धरानकी एक महिलाले राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् ।

ती महिलाले गृहमन्त्री रामबहादुर थापा (बादल), गृहसचिव प्रेमकुमार राईलगायतलाई भेटेर एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको गुनासो सुनाएकी थिइन् ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : २३ बजे

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा