राप्रपाको अबको एजेन्डा महाधिवेशन « Khabarhub

राप्रपाको अबको एजेन्डा महाधिवेशन


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राप्रपाले राप्रपा संयुक्तसँगको एकता प्रक्रिया टुंगिएको निष्कर्ष निकालेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले एकता प्रक्रियालाई अघि नबढ्ने निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘राप्रपाको जारी केन्द्रीय समिति बैठक मूलत २ एजेन्डा लिएर अघि बढेको थियो । पहिलो दुई दलबीच पार्टी एकता र अर्को पार्टीको महाधिवेशन,’ श्रेष्ठले भने, ‘अब एकताको बाटो बन्द भएको छ । हामी महाधिवेशनलाई केन्द्रित गरेर अघि बढेका छौं । आजैदेखि त्यसको अभ्यास शुरु भएको छ ।’

पार्टीले पार्टी एकता भइहाले एकताको बाटोमा हिँड्ने नभए महाधिवेशनका विषयमा केन्द्रित भएर अघि बढ्ने तयारी पूर्वतयारी अनुसार नै बैठकको एजेन्डा अघि बढेको श्रेष्ठले बताए ।

शनिबारको बैठकमा पार्टीका प्रदेश अध्यक्षहरुले आफ्नो प्रतिवेदन पेश गरेका थिए । प्रदेश अध्यक्षहरुले पार्टीको सांगठनिक अवस्था, निर्वाचनको समीक्षा, पार्टीलाई क्रियाशिल बनाउन चाल्नुपर्ने कदम, अबको पार्टी मार्ग दिशा र कार्यदिशाका बारेमा केन्द्रित भएर प्रतिवेदन तयार पारेको श्रेष्ठले बताए ।

आजको बैठकका प्रदेश १ का अध्यक्ष राम थापा, बागमती प्रदेशका अध्यक्ष बिक्रमबहादुर थापा, गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङ, प्रदेश ५ का अध्यक्ष प्रदीपकुमार उदय, कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर बुढा र सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्यामबहादुर शाहीले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै बैठकमा पार्टीले गठन गरेको निर्वाचन समितिले पार्टीको महाधिवेशन आगामी जेठ २५ गते गर्न प्रस्ताव गरेको छ ।

बैठकमा पार्टीको निर्वाचन नियमावली, निर्वाचन निर्देशिका तथा कार्यतालिका पेश भएको र छलफल शुरु भएको श्रेष्ठले बताए ।

एकता प्रक्रिया भाँडिएपछि महाधिवेशनको तयारीमा लागेको राप्रपा नेपाल संघीयताको अभ्यासमा जुट्ने भएको छ । आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन नै प्रदेश अनुसार गर्ने भएकाले राजासहितको प्रजातन्त्र र सिद्धान्तत संघीयताको विपक्षमा रहेको राप्रपाको सिद्धान्त नै परिवर्तन हुने देखिएको हो ।

राप्रपाले महाधिवेशनका प्रतिनिधि चयन गर्ने क्रममा प्रदेशको क्षेत्रलाई युनिट मानेर प्रतिनिधि ल्याउने नयाँ अभ्यास शुरु गरेसँगै राप्रपा नेपाल पनि संघीय प्रणालीमा समेटिने भएको छ ।

यसअघि गाउँदेखि अधिवेशन शुरु गरेर केन्द्रमा पुग्ने राप्रपा नेपालले यसपटकदेखि प्रदेशको क्षेत्रलाई युनिट मानेर महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी थालेको हो ।

राप्रपाको जारी केन्द्रीय समिति बैठक सोमबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ९ : ४२ बजे

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा