खाडी मुलुकमा कोरोनाको बढ्दो संक्रमण, नेपालीलाई सतर्क रहन आग्रह « Khabarhub

खाडी मुलुकमा कोरोनाको बढ्दो संक्रमण, नेपालीलाई सतर्क रहन आग्रह


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीसहित आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दोक्रममा देखिएको छ ।

खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा चार, कतारमा एकजना संक्रमित भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छन्।

इरानबाट आएका यात्रुबाट कोभिड–१९ संक्रमण भएपछि ती देशले इरानबाट सबै उडान बन्द गरेका छन्।

स्थानीय सरकारहरुले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यहीअनुसार सतर्कता अपनाइएको कुवेतस्थित विमानस्थलमा कार्यरत एक नेपालीले बताए ।

खाडी मुलुकमा कोरोनाको संक्रमण बढ्दो क्रममा देखिएपछि त्यहाँस्थित नेपाली दूतावासहरुले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : ४३ बजे

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका