नलजाई पाद्नुका ७ फाइदा « Khabarhub

नलजाई पाद्नुका ७ फाइदा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्छ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ ।

अझ कहिलेकाहीँ उच्च आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास अर्थात पाद ब्यक्तित्वको समस्या बनिदिन्छ ।

पेटभित्र पाचन क्रियाको दौरान उत्पन्न हुने ग्यास दिनमा औषतमा ८/१० पटक मलद्धारबाट निस्किन्छ । पादमा कार्वनडाइअक्साइडको मात्रा बढि हुन्छ ।

शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ । तर पाद वा पाद्नु भन्ने शब्द सुन्ने बित्तिकै मानिसलाई लाज हुन्छ । यद्यपि पाद्नुका भने थुप्रै फाइदाहरु छन् ।

यस्ता छन् पाद्नुका फाइदा

१. पाद्नु ठूलो आन्द्राका लागि अत्यन्त फाइदाजनक हुन्छ । त्यसैले पाद रोक्नु हुदैन अन्यथा ठूलो आन्द्रामा समस्या हुनसक्छ ।
२. पाद्दा शरीरभित्र जम्मा भएका विषालु ग्यास बाहिर जान्छ र शरीरलाई आराम मिल्दछ ।
३. पादको गन्ध, प्रकार र आवाजले पनि पाचनक्रियामा कुनै रोग छ छैन थाहा पाउँन सकिन्छ । अर्थात धेरै पाद आउनु गम्भीर रोगको संकेत हो भने दैनिक ८/१० पटकसम्म पाद आउनु साधारण हो ।
४. पाद्दा आउने हाइड्रोजन सल्फाइडको गन्ध शरीरका लागि फाइदाकारी हुन्छ । यसले कोषको क्षय रोकेर हृदयरोग जस्ता जटिल रोगबाट पनि बचाउँछ ।
५. पाद्नुको अर्को फाइदा भनेको पेटभित्र स्वस्थ्य ब्याक्टेरिया रहेको प्रमाण हो ।
६. पाद्दा मानिसको पाचन प्रणाली सहि छ भनेर बुझ्न सकिन्छ । यसले खाना पचेको संकेत गर्छ ।
७. पाद्दा भारी भएको पेट एकाएक आराम भएर आउँछ । यसले शारीरिक तथा मानसिक बोझ पनि कम गर्दछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : ०२ बजे

भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरु

जनकपुरधाम – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

कीर्तिपूरका पूर्व मेयर रमेश मर्हजन एमाले छाडेर नेकपामा प्रवेश

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका

विश्वकप : दक्षिण अफ्रिकाले भारतलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा

मोरङमा एमाले र राप्रपाका दर्जन बढी कार्यकर्ता कांग्रेस प्रवेश

मोरङ – आफ्नो चुनावी प्रचार कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता