टस जितेको नेपाल हङकङविरुद्ध फिल्डिङमा | Khabarhub Khabarhub

टस जितेको नेपाल हङकङविरुद्ध फिल्डिङमा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङबिरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

थाईल्याण्डको बैंककमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाली टिमले टिमको लाईन अपमा केही परिवर्तन गरेको छ । ओपनिङमा कप्तान ज्ञानेन्द्रसंग दिपेन्द्र सिंह ऐरी देखिएका छन् ।

यस्तै, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुसन भारी, पवन सरार्फलाई प्लेईङ सेटमा राखिएको छ ।

औसत बलिङ र कमजोर ब्याटिङको कारण नेपाल पहिलो खेलमा मलेसियासंग २२ रनले पराजित भएको थियो ।

टी–ट्वान्टीमा मात्र दुवै टोली ८ पटक भिडेका छन् । जसमा नेपाल र हङकङले समान ४-४ पटक विजयी भएका छन् ।

पहिलो पटक नेपाल र हङकङबीच सन् २०१० को एसियन गेम्समा प्रतिस्पर्धा भएको थियो । पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

जवाफमा नेपालले २० ओभरमा ९ विकेट गुमाएर मात्र ८५ रन बनाउन सक्यो र खेलमा ३० रनको हार व्यहोरेको थियो ।

दोस्रो भेट सन् २०१२ को आईसीसी विश्व टी–ट्वान्टी छनोटमा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारसको अर्धशतकीय इनिङमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

हङकङले जवाफमा ९ विकेट गुमाएर मात्र १ सय २ रन बनायो र नेपाल खेलमा २८ रनले विजयी भयो ।

सन् २०१३ को एसीसी टी–ट्वान्टी कपमा नेपाल हङकङसँग ६ विकेटले पराजित भयो । नेपालले दिएको १ सय १५ रनको लक्ष्य हङकङले १६ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

पछिल्लो पटक नेपाल र हङकङले ओमानमा गत वर्ष भएको पाँच देशीय सिरिजमा खेलेका थिए । खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले बिनोद भण्डारीको अर्धशतकमा सहज जित निकालेको थियो ।

प्रतियोगितामा नेपाल सहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन् । रोउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : ०० बजे

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।