एसीसी टी– ट्वान्टी : हङकङद्वारा नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत « Khabarhub

एसीसी टी– ट्वान्टी : हङकङद्वारा नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी  टी – ट्वान्टी इस्टन रिजन क्रिकेट २०२० मा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

थाइल्यान्डमा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभर पुरा खेल्दै ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो ।

नेपालविरुद्ध हङकङका निजाकत खानले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६ चौका २ छक्का प्रहार गरेका थिए ।

यस्तै, कप्तान मोहम्मद अजिज खानले २९ रन, हारोन मोहम्मद अर्सदले २७ रन र शाहिद वासिफले २६ रन बनाएका थिए ।

हङकङविरुद्ध टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले बलिङमा शुरुवाती राम्रो गर्न नसक्दा ठूलो लक्ष्य पाएको हो ।

 नेपालका लागि स्पिनर सन्दीप लामिछाने र सुशन भारीले समान दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिएका थिए ।

हङकङविरुद्धको खेलमा नेपालका स्पिन बलरले राम्रो प्रदर्शन गर्दा पेश बलरले विकेट लिन सकेनन् । नेपालका लागि पेश बलिङमा करण केसी र अभिनास बोहरा थिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई समान १सय ५५ रनको लक्ष्य दिएको थियो भने नेपालले सबै विकेट गुमाएर मात्रै १सय३२ रन बनाएपछि २२ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : ०३ बजे

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद