एसीसी इस्टर्न रिजन टी– ट्वान्टी : नेपाल दोस्रो खेलमा पनि पराजित « Khabarhub

एसीसी इस्टर्न रिजन टी– ट्वान्टी : नेपाल दोस्रो खेलमा पनि पराजित


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी इर्स्टन रिजन टी–२० क्रिकेट कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

थाइल्यान्ड क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको हङ्कङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको थियो । तर, जवाफि ब्याटिङ गरेको नेपालले १८.१ ओभरमा १० विकेट गुमाएर जम्मा १ सय १० रन बनायो ।

ब्याटिङ कमजोर हुँदा नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । हङकङविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले ४ चौका र १ छक्काको मद्दतमा ४६ रन बनाए भने कुशल मल्लले १९ रन अभिनास बोहराले १२ र आरिफ शेखले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पूर्व कप्तान खड्का, उपकप्तान दीपेन्द्रसिह ऐरी, विनोद भण्डारी लगायत अनुभवी खेलाडीले सम्हालिएर ब्याटिङ गर्न नसक्दा नेपालले दोस्रो हार व्येहोरेको हो ।

यसअघि पहिलो ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभर पुरा खेल्दै ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो । नेपालविरुद्ध हङकङका निजाकत खानले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६ चौका २ छक्का प्रहार गरेका थिए ।

यस्तै, कप्तान मोहम्मद अजिज खानले २९ रन, हारोन मोहम्मद अर्सदले २७ रन र शाहिद वासिफले २६ रन बनाएका थिए ।

नेपालका लागि स्पिनर सन्दीप लामिछाने र सुशन भारीले समान दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिएका थिए ।

हङकङविरुद्धको खेलमा नेपालका स्पिन बलरले राम्रो प्रदर्शन गर्दा पेश बलरले विकेट लिन सकेनन् । नेपालका लागि पेश बलिङमा करण केसी र अभिनास बोहरा थिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई समान १ सय ५५ रनको लक्ष्य दिएको थियो भने नेपालले सबै विकेट गुमाएर मात्रै १ सय ३२ रन बनाएपछि २२ रनले पराजित भएको थियो ।

लगातार दोस्रो हारसँग अब एसिया कप क्वालिफायर पुग्ने सम्भावना घटेको छ । यद्यपी अंक गणितका आधारमा भने सम्भावना बाँकी नै छ । अब नेपालले थाइल्यान्ड र सिंगापुरसँग खेल्न बाँकी छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : ३० बजे

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित