यस्ता स्थानमा हुन्छ कोरोनाको जोखिम, कसरी बच्ने ? « Khabarhub

यस्ता स्थानमा हुन्छ कोरोनाको जोखिम, कसरी बच्ने ?


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चीनबाट शुरु भएको कोरोना भाइरसको त्रास अहिले विश्वभरी नै छ । चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ६४ देशमा कोरोनाको संक्रमण फैलिसकेको छ ।

नेपालमा हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र ती व्यक्तिको सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ ।

विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना संक्रमणको अति उच्च जोखिमको सूचीमा राखिसकेको छ । नेपालमा कोरोनाको संक्रमण देखिएमा भयावह अवस्था आउन सक्ने विज्ञहरुले बताएका छन् ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविद्र समिरले कोरोनाको उपचार सम्वभ नभएको तर रोकथाम भने सम्भव भएको बताएका छन् । उनले कोरोनको संक्रमण हुने प्रमुख १२ स्थानबारे समेत जनाकारी दिएका छन् ।

यी स्थानमा हुनसक्छ कोरोना सर्ने जोखिम

१. सिनेमा हल

२. अस्पताल

३. बिद्यालय र कलेज

४. सार्वजनिक यातायात

५. सपिङ मल

६.व्यस्त गल्ली

७.तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु

८. सभा र जुलुस भएका स्थान

९. वृद्धाश्रम

१०. होटेल र रेस्टुरेन्ट

११. रंगशाला

१२. भोजभतेर गरिने ठाउँ आदि।

डा समिरका अनुसार कोरोनाको संक्रमणबारे समयमै सचेत हुन ती स्थानमा जाँदा विशेष ख्यान गर्नुपर्छ ।

कोरोना सर्नबाट कसरी बच्ने ?

–काम नपरेसम्म भिडभाड हुने सार्वजनिक ठाउँमा नजाने,

– जानै परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गर्ने,

–घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धुने  आदि।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ५ : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्