नसुल्झिएको ब्याटिङ : ‘कमजोर’ टोली सँगको लगातार हारले अन्योलमा नेपाली क्रिकेट « Khabarhub

नसुल्झिएको ब्याटिङ : ‘कमजोर’ टोली सँगको लगातार हारले अन्योलमा नेपाली क्रिकेट



काठमाडौं – एसीसी ईस्टन रिजन टी–२० क्रिकेट कपमा च्याम्पियन बन्दै एसिया कप क्वालिफायर पुग्ने लक्ष्यसहित थाइल्यान्ड गएको नेपाली टोलीले शुरुवाती दुई खेल गुमाइसकेको छ ।

शनिबार पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । दोस्रो खेलमा आइतबार हङकङसँग नेपालले मलेसियाभन्दा झण्डै दोब्बर रनले पराजित हुन पुग्यो । तर, संयोग लक्ष्य दुवै खेलमा एउटै थियो, १५५ रन ।

लगातार दुई खेलमा १५५ रनको लक्ष्य पाउँदा लगातार कमजोर प्रदर्शन गरेको नेपाली टोलीको प्रदर्शनप्रति क्रिकेट प्रशंसक निकै आक्रोसित देखिएका छन् ।

आईसीसी एकदिवसीय मान्यता प्राप्त नेपालले तुलनात्मक रुपमा कमजोर टोलीसँगको कमजोर नतिजाले सबैलाई निराश बनाएको छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले नेपाली टोलीलाई के भइरहेको छ भन्दै सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेखेका छन् ।

‘मलाई थाहा छैन के भइरहेको छ, विश्वास गर्नुस् । मलाई साच्चिकै थाहा छैन,’ उनले लेखेका छन्, ‘आशा गरौं हामी छिट्टै जीतसहित खेलमा फर्किने छौं । बाटो रोकियोको मतलब यो होइन कि विश्व नै रोकियो । हामी खेलमा फर्किन्छौं ।

त्यसोत, पछिल्लो समय नेपाली टोलीले दशैं पछि यो नै अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता खेलेको हो । तर, खेलाडीहरु लगातार क्रिकेट मै व्यस्त रहेका कारण एसीसी ईस्टन रिजनमा राम्रो नतिजा आउने अपेक्षा अधिकाशंको थियो ।

थाइल्यान्ड जानु अगाडि कप्तान मल्लले पनि सन्तुलित टोली रहेका कारण नेपाललाई सहज हुने बताएका थिए । तर, मैदानमा नतिजा देखिएन । यसपटक ब्याटिङ निकै कमजोर रह्यो ।

दुई खेललाई मात्रै आधार मान्ने हो भने ब्याटिङमा कप्तान मल्लले मात्रै सम्हालियर खेलेको देखिन्छ । मलेसियाविरुद्ध उनले ३३ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३८ रन बनाएका थिए भने दोस्रो हङकङविरुद्धको खेलमा ४३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४६ रन बनाए ।

उनी बाहेक हङकङविरुद्ध कुशल मल्लले १९, अभिनास बोहरा १२ र आरिफ शेखले १० रन बनाए । यस्तै, मलेसिायविरुद्ध दीपेन्द्रसिहं ऐरीले ४० बलमा ३८ रन, पवन शरार्फले १९ रन बनाएका थिए ।

नेपाली टोलीको परम्परागत समस्याका रुपमा रहेको ब्याटिङलाई युवा खेलाडीले केही हदसम्म सुधार्न सक्ने सम्भावना रहेको प्रशिक्षक जगत टमटाले थाइल्यान्ड जानु अगाडि बढाएका थिए । तर, युवा खेलाडीहरुको ब्याटिङ पनि कमजोर नै रह्यो ।

हङकङविरुद्ध नेपाली बलिङ लाइन पनि केही कमजोर हुन गयो । ४ जना स्पिनरले हङकङविरुद्ध १३ ओभर बलिङ गर्दै ९२ रन खर्चिए भने ५ विकेट लिएका थिए । यस्तै, २ जना पेश बलर प्रयोग गरेको नेपालले ५७ रन खर्चेको थियो ।

नेपाली टोलीका पूर्व खेलाडी सञ्जम रेग्मीले नेपाली टोली सिनियर र जुनियर खेलाडी भनेर आलोचना गर्नु भन्दा पनि कन्डिसन बुझ्न नसक्दा नेपाल पराजित भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हामीले हारेको सिनियर वा जुनियर खेलाडी नचलेर होइन । त्यहाँको कन्डिसन राम्रोसँग बुझ्न नसक्दा हो,’ उनले भारतीय क्रिकेट टोलीको उदाहरण दिँदै भनेका छन्, ‘क्रिकेटमा सिनियर र जुनियर भन्दा पनि ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो हुनु पर्दछ ।’ तर, नेपालको यी सबै विधामा केही न केही समस्या भइरहेको छ ।

कमजोर विपक्षी– निराशाजनक नतिजा

क्रिकेट विश्लेषकहरु छोटो फर्म्याटका खेलमा कुनै टोली बलियो र कमजोर हुँदैनन् भनिन्छ । तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सर्वाजनिक गर्ने ‘टी–२० आई’ को विश्व वरियतामा नेपाल शीर्ष १२ औं स्थानमा छ भने एसीसीमा नेपालले हार व्येहोरेका हङकङ र मलेसिया क्रमसः २३ औं र ३२ औं स्थानमा छन् ।

उच्च मनोबलका साथ इस्टन रिजन खेल्न थाइल्यान्ड गएको नेपाली टोलीले लगातार अनपेक्षीत रुपमा हार व्येहोर्दा नेपाली क्रिकेटको भविष्यलाई लिएर पनि प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १ : १८ बजे

चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ

रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा

सप्तरीमा एमालेको झण्डा जलाएको घटनामा म्यादी प्रहरी पक्राउ 

सप्तरी– सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत रहेका महदेवा गाउँपालिका-५ भगवतपुर

रौतहटमा दुई समुदायबीच झडप उग्र, दर्जनौँ सवारी साधनमा आगजनी

रौतहट– रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच सुरु

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम

काठमाडौं– क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा