संसदमा देउवाको प्रश्न : ७० करोड बार्गेनिङमा बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ? | Khabarhub Khabarhub

संसदमा देउवाको प्रश्न : ७० करोड बार्गेनिङमा बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ?


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको ७० करोड रुपैयाँको बार्गेनिङमा छानविन किन नभएको भन्दै संसदमा प्रश्न उठाएका छन् ।

देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक भएको एक साता सम्म पनि छानविन नहुनु गम्भीर विषय भएको बताए ।

संसदमा देउवाले यसो भने–

कोरोना भाइरस ५० भन्दा धेरै देशमा फैलिइसकेको छ । डव्लूएचओले नेपाल उच्च जोखिममा रहेको जनाइसकेको छ । अत सरकारलाई यसबारेमा आवश्यक सम्पूर्ण प्रवन्ध गर्न आग्रह गर्दछु । 

स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दाजूभाइ तथा दिदी वहिनीलाई कोरोनाको संक्रमणबाट जोगिन विशेष सतर्कताको लागि अपिल गर्दछु ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा सञ्चारमन्त्रीले ७० करोड कमिसन मागिएको अडियो सार्वजनिक भएको एक हप्ता पुइसक्दा पनि छानवीन शुरु नहुनेको पछाडि के नियत ? र यो नियत गम्भीर छ । 

सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर सोधेको प्रस्ट सुनिन्छ । प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनिएको हो र हामी भित्र को को पर्दछन् प्रस्ट गर्नुहोस् । 

त्यो अडियोको छानवीन निकायले छानवीन गर्नुभन्दा पहिला प्रधानमन्त्रीले त्यो अडियो नक्कली भन्नुभयो, त्यसले छानवीन प्रभावित हुन्छ कि हुँदैन । 

छानवीन हुनु भन्दा पहिला नै तपाईले निर्णय दिनुभयो भने तपाईको बोलिको विश्वसनियता कमजोर भएन ?

त्यस्तै नेपाल ट्रस्टको स्वेतपत्र अडियो प्रकरणबाट ध्यान मोड्ने प्रयत्न मा भएको हो । गोकर्ण रिसोर्ट लिज प्रकरणमा ध्यान मोड्ने प्रयास भएको छ । 

नेपाल टेलिकमको प्रकरणमा अरबौं भ्रष्टाचार भएको कुराहरु आएको छ । एनसेलले ४ अर्बमा सकेको काम एनटीसीलाई १२ अर्ब कसरी लाग्यो ?

म प्रधानमन्त्री भएको बेलामा मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रसटको जग्गा लीज सम्बन्धी कुनै निर्णय छैन । राजनीतिक पूर्वाग्रहबस मेरो नाम कहि पनि जोड्ने षड्यन्त्रप्रति मेरो आपत्ति छ । 

पेट्रोलियम पदार्थमा कर बढाएर करको भार बढाउने काम गरेको छ सरकारले ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १ : ४६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ