माओवादी जनयुद्धकालमा मारिएका थिए प्रचण्डलाई जुत्ता हान्ने रतनका बुवा « Khabarhub

माओवादी जनयुद्धकालमा मारिएका थिए प्रचण्डलाई जुत्ता हान्ने रतनका बुवा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ ।

जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका-२ का बासिन्दा हुन् ।

पूर्व माओवादी कार्यकर्तासमेत रहेका उनले नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा आइतवार अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

सभालाई सम्बोधन गरेर फर्किने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर, जुत्ता भने प्रचण्डसम्म पुग्न पाएन ।

राष्ट्रिय सभागृहको दर्शक दीर्घामा रोस्टमपट्टीको घेरामा बसेका उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहार गरेसँगै उनलाई प्रहरीले नियन्त्रणम लिएको छ ।

रतनका बुबा मुन तिरुवा माओवादी जनयुद्धकालमा मारिएका थिए । उनी २०५५/ ५६ सालमा मारिएका थिए । उनको परिवारमा नै माओवादीमा लागेको थियो ।

रतनलाई सिंहदरवार प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखारीका प्रवक्ता एसएसपी श्याम प्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ४ : ५२ बजे

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते