माओवादी जनयुद्धकालमा मारिएका थिए प्रचण्डलाई जुत्ता हान्ने रतनका बुवा « Khabarhub

माओवादी जनयुद्धकालमा मारिएका थिए प्रचण्डलाई जुत्ता हान्ने रतनका बुवा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ ।

जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका-२ का बासिन्दा हुन् ।

पूर्व माओवादी कार्यकर्तासमेत रहेका उनले नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा आइतवार अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

सभालाई सम्बोधन गरेर फर्किने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर, जुत्ता भने प्रचण्डसम्म पुग्न पाएन ।

राष्ट्रिय सभागृहको दर्शक दीर्घामा रोस्टमपट्टीको घेरामा बसेका उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहार गरेसँगै उनलाई प्रहरीले नियन्त्रणम लिएको छ ।

रतनका बुबा मुन तिरुवा माओवादी जनयुद्धकालमा मारिएका थिए । उनी २०५५/ ५६ सालमा मारिएका थिए । उनको परिवारमा नै माओवादीमा लागेको थियो ।

रतनलाई सिंहदरवार प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखारीका प्रवक्ता एसएसपी श्याम प्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ४ : ५२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र