भैरहवालाई ईपीएल च्याम्पियन बनाउने लक्ष्यसहित तयारीमा लाग्छु : प्रशिक्षक दसानायके « Khabarhub

भैरहवालाई ईपीएल च्याम्पियन बनाउने लक्ष्यसहित तयारीमा लाग्छु : प्रशिक्षक दसानायके


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत भैरहवा ग्लाडियर्टसका खेलाडीलाई प्रशिक्षण दिन राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायके नेपाल आइपुगेका छन् ।

४ वर्षपछि नेपाल फर्किएका उनी ईपीएलको यो सिजनमा भैरहवाको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । उनी सोमबार भैरहवा जानेछन् ।

भैरहवा राष्ट्रिय टोलीका अनुभवी मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर कप्तानीमा रहेको छ । ४ जना विदेशी खेलाडी र ५ जना राष्ट्रिय टोलीका खेलाडीसहित बनेको टोलीको प्रशिक्षणका लागि उनी नेपाल आएका हुन् ।

टोलीलाई च्याम्पियन बनाउने लक्ष्य रहेको दासानायकेले बताए ।

‘मलाई ४ वर्षपछि नेपाल फर्काएकोमा भैरहवालाई धन्यवाद । मैले नेपाली क्रिकेट खेलाडी, समर्थक र सम्पूर्ण क्रिकेट प्रेमीको माया पाएको छु,’ दासानायकेले भने,‘ ४ जना विदेशी खेलाडी र यहाँका स्थानीय खेलाडीसहित टोली राम्रो बनेको छ । हामी च्याम्पियन लक्ष्यसहित तयारीमा लाग्ने छौं ।’

भैरहवाले श्रीलंकाका जीवन मेन्डेस र मिलिन्डा श्रीवार्दाना, ओमानका बिलाल खान र ड्यान स्मिथ रहेका छन् ।

भैरहवाको टीम बनाउँदा आफूले छलफलबाटै खेलाडी छानेको बताए । विदेशी खेलाडीहरु मार्च १२–१३ मा काठमाडौं आइपुग्ने उनले बताए ।

‘हामी खेलाडीसँग सम्पर्कमै छौं । उनीहरु १२–१३ मार्चमा काठमाडौं आइपुग्नेछन्,’ दासानायकेले भने,‘उत्कृष्ट खेलाडी मध्येका उनीहरु टिममा आउँदा टोली बलियो बन्नेछ । टीमको पहिलो खेलभन्दा ३ दिन अगाडि टोलीमा सामेल हुनेछन् ।’

भैरहवाले सोमबारदेखि ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्न शुरु गर्ने टिमका मालिक आदित्य साङघाईले बताए । उनले अघिल्लो वर्षको ट्यालेन्ट हन्टबाट कुशल मल्ललाई टोलीमा लिँदा अहिले उनी राष्ट्रिय टोलीमा पुगिसकेको बताउँदै यो सिजनमा पनि केही नयाँ प्रतिभा टोलीले ल्याउने बताएका छन् ।

लामो समय नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको भूमिकामा रहेर काम गरेका उनलाई अब नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको जिम्मेवारी लिन प्रस्ताव गरे के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले म ईपीएलका लागि नेपाल आएको हुँ। त्यो विषयमा कुनै पनि कुरा भएको छैन । मेरो पहिलो प्राथमिकता ईपीएल हो ।’

ईपीएल चैत १ देखि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ । भैरहवा अघिल्लाे सिजनकाे उपविजेता टाेली हाे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ५ : १२ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल