शान्ति सम्झौता अनुसार तालिबान बन्दी रिहा गर्न सकिन्न : अफगान राष्ट्रपति « Khabarhub

शान्ति सम्झौता अनुसार तालिबान बन्दी रिहा गर्न सकिन्न : अफगान राष्ट्रपति


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगान राष्ट्रपति अशरफ घानीले अमेरिका र तालिबानबीच भएको नयाँ सम्झौताको प्रमुख विषयका रुपमा रहेको हजारौं तालिवान विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको स्पष्ट पारेका छन् ।

शान्तिको मार्गमा गतिरोध ल्याउन सक्ने एउटा बुँदातर्फ ध्यानाकर्षण गर्दै घानीले सम्झौताका शर्तहरु निकै विवादस्पद रहेको बताए । सम्झौताको एउटा बुँदामा तालिबानले बन्धक बनाएका १ हजार सरकारी सैनिक र सरकारी कारागारमा थुनिएका करिब ५ हजार तालिबानी लडाकूलाई रिहा गर्नुपर्ने उल्लेख छ ।

‘पाँच हजार तालिबानी बन्दीलाई रिहा गर्ने प्रतिबद्धतामा अहिल्यै सहमत हुन सकिन्न,’ घानीले भने । ‘यो अफगानिस्तानका जनताको अधिकार र आत्मनिर्णय हो । यस विषयलाई अन्तर–अफगान वार्ताको समयमा एक एजेन्डा बनाउनु पथ्र्यो, र वार्तामा यसलाई पूर्व शर्तका रुपमा लिन सकिन्न ।’ उनले कुनै पनि बन्दी रिहाई गर्ने कुरा अमेरिकी अधिकारको विषय नभई अफगान सरकारको अधिकार क्षेत्रभित्रको विषय रहेको स्पष्ट पारे ।

शनिबार कतारको राजधानी दोहामा अमेरिका र तालिबानबीच सम्पन्न ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुनुअघिको हप्तासम्म अफगानिस्तानमा ‘हिंसामा कमी’ आएको थियो ।

सम्झौतामा मुख्य रुपमा अमेरिकी सहित सबै विदेशी सैनिक १४ महिनाभित्र स्वदेश फर्किने उल्लेख छ । यसको बदलामा तालिवानले धेरै प्रतिज्ञाहरूलाई सम्मान गर्नु पर्नेछ भने अझ विस्तृत शान्ति सम्झौताका लागि काबुलसँग वार्ता गर्नु पर्नेछ ।

“पूर्ण युद्धविरामको अवस्था सिर्जना गर्न हिंसामा कमी आउनु पर्नेछ,” काबुलमा आयोजित पत्रकार सम्मेलनमा घानीले भने ।

तालिबानले अहिलेसम्म घानीको प्रशासनसँग वार्ता गर्न अस्वीकार गरिरहेको थियो । उनीहरूले अफगान सरकारलाई अमेरिकी कठपुतली शासनको रूपमा लिएका थिए ।

राष्ट्रपति घानीको बन्दी रिहाइसम्बन्धी प्रश्नले आगामी दिनहरु निकै कठिन हुने सङ्केत गरेका छन् । महिनौं ढिलाई गरेर गत साता घोषणा गरिएको घानीको राष्ट्रपति पदमा पुनः विजयलाई अमेरिकाले अझै मान्यता दिएको छैन भने मुख्य प्रतिस्पर्धी अब्दुल्लाह अब्दुल्लाहले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै घानीलाई अस्वीकार गर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ३५ बजे

सप्तरीका किसान चैते धान रोप्न व्यस्त (तस्बिरहरू)

सप्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएर चार क्षेत्रको अन्तिम परिणाम मात्र

सर्लाहीमा पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत

सर्लाही– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज

काठमाडौं- मोरङ नेपाली कांग्रेसको बलियो आधार इलाका हो । कांग्रेसमा

समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख