कतारको क्वारेन्टाइनका श्रमिकको तलब कटौती नहुने « Khabarhub

कतारको क्वारेन्टाइनका श्रमिकको तलब कटौती नहुने


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा क्वारेनटाइनमा रहेका श्रमिकको तलब कटौती नहुने भएको छ ।

कतारमा कोरोनाको संक्रमणले उग्ररुप लिन थालेपछि उल्लेख्य संख्यामा आप्रावासी मजदूर बस्ने सनैया क्षेत्रलाई गत मार्च १७ तारिखदेखि कतारी प्रशासनले लकडाउन गरेको थियो ।

लकडाउनपछि त्यहाँ रहेका कामदादर क्याम्प भित्रै बस्न बाध्य छन् । काम नभएपछि तलब पाइन्छ कि पाइन्न भन्ने अन्यौलमा कामदार थिए ।

मंगलबार कतारको प्रशासनिक विकास, श्रम तथा मामिला मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेर क्वारेन्टाइनमा रहेका श्रमिक तथा अन्य कर्मचारीको तलब कटौती नगरिने स्पष्ट पारेको छ ।

त्यस्तै अन्य सुविधा पनि पहिलाकै अनुसार पाउने मन्त्रालयले जनाएको छ ।

कतारमा बुधबारसम्म ७ सय ८१ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ३१ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात