कतारको क्वारेन्टाइनका श्रमिकको तलब कटौती नहुने « Khabarhub

कतारको क्वारेन्टाइनका श्रमिकको तलब कटौती नहुने


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा क्वारेनटाइनमा रहेका श्रमिकको तलब कटौती नहुने भएको छ ।

कतारमा कोरोनाको संक्रमणले उग्ररुप लिन थालेपछि उल्लेख्य संख्यामा आप्रावासी मजदूर बस्ने सनैया क्षेत्रलाई गत मार्च १७ तारिखदेखि कतारी प्रशासनले लकडाउन गरेको थियो ।

लकडाउनपछि त्यहाँ रहेका कामदादर क्याम्प भित्रै बस्न बाध्य छन् । काम नभएपछि तलब पाइन्छ कि पाइन्न भन्ने अन्यौलमा कामदार थिए ।

मंगलबार कतारको प्रशासनिक विकास, श्रम तथा मामिला मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेर क्वारेन्टाइनमा रहेका श्रमिक तथा अन्य कर्मचारीको तलब कटौती नगरिने स्पष्ट पारेको छ ।

त्यस्तै अन्य सुविधा पनि पहिलाकै अनुसार पाउने मन्त्रालयले जनाएको छ ।

कतारमा बुधबारसम्म ७ सय ८१ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ३१ बजे

सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा 

काठमाडौं– साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- कांग्रेसको जरा बलियो बनाउनेगरि जुट्नुहोस्

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस

महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भिड

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा

स्वास्थ्य बीमामा डिजिटल फड्को : खर्च विवरण अब मोबाइलमै

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितहरूको सहजता, पारदर्शिता र सूचनामा पहुँच

नाइजेरियामा बस-ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

अबुजा– नाइजेरियाको दक्षिण पूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र