लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारीलाई खाद्य सामग्री वितरण « Khabarhub

लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारीलाई खाद्य सामग्री वितरण


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस(कोभि- १९) संक्रमणको जोखिमलाई ध्यान दिँदै सरकारले गरेको लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी र आश्रित परिवारलाई सहयोग गरिएको छ ।

काठमाडौको कागेश्वरी मनहरा नगरपालिक- ९ मा बसोबास गरि दैनिक ज्याला मजदूरी गरी परिवार चलाउँदै आएका परिवारलाई खाद्य सामग्रीसहित सहयोग गरिएको हो ।

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर-९ मा रहेको प्रगती टोल विकास समितिले आफ्नो क्षेत्रमा रहेका दैनिक ज्यालादारी व्यक्तिहरुको पहिचान गरि खाद्य सामग्री हस्तान्तरण गरेको हो ।

लकडाउनका कारण दैनिक काम रोकिएको र दैनिक ज्याला गरि खानेहरु समस्यामा परेको भन्दै समितिले खाद्यान्न(चामल, दाल, नुन, तेल, साबुन) वितरण गरेको हो ।

‘दैनिक ज्याला मजदूरी गरि परिवार धान्दै आएकालाई लकडाउनले गर्दा समस्या परेको पाइयो,’ समितिका अध्यक्ष राजेन्द्र तिमल्सिनाले भने, ‘यस स्थानमा बसेर दैनिक मजदुरी गर्दै आउनुभएकाहरुको पहिचान गरी खाद्यान्न बितरण गरिएको हो ।’

अध्यक्ष तिमल्सिनाले आज केही परिवारलाई राहत वितरण गरिएको र अन्य पनि प्रभावित भएको खण्डमा सहयोग गर्ने बताए ।

उनले वैदेशिक रोजगारीबाट आएर, ज्वरो र कोरोनाको लक्षण देखिने केही समस्य भए तत्काल सम्पर्क गर्न आग्रह गरेका छन् । वडा र नगरपालिकासँगको समन्वयमा उचित व्यवस्था गरिने उनले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ३ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै