गण्डकी प्रदेश आपत्कालीन कोषमा रु ६३ लाख जम्मा « Khabarhub

गण्डकी प्रदेश आपत्कालीन कोषमा रु ६३ लाख जम्मा


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्ले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपत्कालीन कोषमा विभिन्न सङ्संस्थाले हालसम्म करीब रु ६३ लाख जम्मा गरेका छन् ।

वित्तीय संस्था, एनप्याब्सन, युवा क्लब, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समिति, निजामती कर्मचारी संगठन, नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशसभा संसदीय दल तथा सरकारले नियुक्त गरेका पदाधिकारीबाट गरी हालसम्म रु ६२ लाख ५६ हजार ७ सय ५२ कोषमा जम्मा भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु १५ करोडको कोष स्थापना गर्ने र त्यसमा प्रदेश मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय भई कोषका लागि प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापारी, व्यवसायीलगायतलाई आग्रह गरिएको थियो ।
प्रदेश सरकारले कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको कोरोना भाइरस रोकथाम आपत्कालीन खाता नं ३०२००१८८३०१ मा जम्मा गरेर सहयोग गर्न मुख्यमन्त्रीले सबैमा अपिल गरेका छन् ।

कोषबाट कोरोना नियन्त्रणका लागि खर्च गर्ने काम पनि भइरहेको थाहा भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ३ : ४२ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले